Logo

२०८३, आश्विन ९गते


images
images

प्रविधि

तिलिचो बेस क्याम्पमामा टेलिकमको फोरजी मोबाइल सेवा सञ्चालन

तिलिचो बेस क्याम्पमामा टेलिकमको फोरजी मोबाइल सेवा सञ्चालन

images
  • तिलिचो बेस क्याम्पमामा टेलिकमको फोरजी मोबाइल सेवा सञ्चालन
    images
    images

    काठमाडौँ । नेपाल टेलिकमले हिमालपारीको जिल्ला भनेर चिनिने मनाङ जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस स्थापना गरी आजदेखि टूजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

    images
    images
    images

    नेपालको पदयात्राका लागि प्रसिद्ध स्थलहरुमध्ये करिब ४३५० मिटरको उचाइमा तिलिचोताल जाने रुटमा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत टूजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको हो । सेवा सञ्चालनमा आएसँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प-बाइसघुम्ती  हुँदै तिलिचो ताल क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सञ्चार सम्पर्क गर्न र पर्यटन, होटल लगायतका व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुलाई डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुनसमेत सहज हुने भएको छ । उच्च उचाइ र धेरैजसो प्रतिकूल मौसमको अवस्था रहने यस क्षेत्रमा पदयात्राका क्रममा पदयात्रुलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या भैहालेमा पनि आपतकालीन उद्धार कार्यका लागि नेपाल टेलिकमको सञ्चार सुविधाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास स्थानीयको रहेको छ ।

    images
    images
    images

    यसैगरी दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा पर्ने च्छो-रोल्पा ट्रेकिङ रुटको अन्तिम अनि ठूलो बस्ती नागाउँमा यही आश्विन २८ गतेदेखि भी स्याट प्रविधी मार्फत नेपाल टेलिकमको भ्वाइस सेवा सुचारु भएको छ । ४१९० मिटरको उचाइमा रहेको यस साइटबाट च्छो-रोल्पा रुटको बेदिङ-ना रुट, नागाउँ, च्छो-रोल्पा, दूध-कुण्ड, यालुङ बेसक्याम्प, टासी-लेप्चा पास बेसक्याम्पसमेतका भागहरुमा बसोबास गर्ने स्थानीय बासिन्दा तथा  पर्यटकहरुलाई सञ्चार सम्पर्क र आपतकालीन समयमा उद्दार कार्यहरुका लागि उपयोगी हुनेछ ।

    images
    images
    images

    पर्यटकिय सिजनका कारण कामदारहरुको अभावका साथै सहयोगीको रुपमा लगिएका व्यक्तिहरु समेत  अस्वस्थ भएका कारण नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरुको अथक मेहेनत पश्चात् उक्त सेवा प्रवाहको कार्य सम्भव भएको टेलिकमले बताएको छ । नेपाल टेलिकमले भौगोलिक रुपमा विकट, दुर्गम तथा सेवा प्रवाहका लागि अत्यन्त कठिनाइ रहेका स्थानहरुका जनतालाईसमेत समान रुपमा दूरसञ्चार सेवा प्राप्त गर्न सम्भव हुनेगरी सेवा प्रदान गर्ने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तिलिचो
  • # फोरजी मोबाइल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।