Logo

२०८३, श्रावण २७गते


images
images

नेपाल प्रिमियर लिग

अष्ट्रेलियाका डार्सी शर्ट एनपीएलमा लुम्बिनीबाट खेल्ने

अष्ट्रेलियाका डार्सी शर्ट एनपीएलमा लुम्बिनीबाट खेल्ने

images
  • अष्ट्रेलियाका डार्सी शर्ट एनपीएलमा लुम्बिनीबाट खेल्ने
    images
    images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइजी लुम्बिनी लायन्सले दोस्रो संस्करणको लागि अष्ट्रेलियाका डार्सी शर्टलाई अनुबन्ध गरेको छ ।

    images
    images
    images

    अष्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका डार्सी एनपीएल खेल्ने भएका हुन् । डार्सीले अष्ट्रेलियाबाट सन् २०१८ देखि २०२० सम्म टी–२० आई र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

    images
    images
    images

    बाँयाहाते ओपनिङ ब्याटर डार्सीसँग भारतीय प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग जस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ । ३५ वर्षीय डार्सीको आगमनले ब्याटिङ लाइन थप मजबुत हुने अपेक्षा लुम्बिनी लायन्सले गरेको छ ।

    images
    images
    images

    रोहित कुमार पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी, अभिषेक गौतम, दिलिप नाथ, बिशाल पटेल, शेर मल्ल, दुर्गेस गुप्ता र आदील खानलगायतका खेलाडी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।