Logo

२०८३, श्रावण २७गते


images
images

केन्द्रीय समितिको बैठक

कांग्रेसको केन्द्रीय समिति बैठकका एजेण्डा तय, महाधिवेशन बारेको छलफल प्राथमिकतामा

कांग्रेसको केन्द्रीय समिति बैठकका एजेण्डा तय, महाधिवेशन बारेको छलफल प्राथमिकतामा

images
  • कांग्रेसको केन्द्रीय समिति बैठकका एजेण्डा तय, महाधिवेशन बारेको छलफल प्राथमिकतामा
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठकका एजेन्डा तय गरेको छ । विहिबार बिहानदेखि बसेको बैठकले आजै बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेको हो ।

    images
    images
    images

    बैठकमा मुख्य रुपमा नियमित महाधिवेशन गर्ने या विशेष महाधिवेशन गर्ने भन्ने नै छ । सभापति शेरबहादुर देउवाले महाधिवेशन तोकिएको समयमै हुने बताएर मंगलबार उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि कांग्रेस अब महाधिवेशनमा केन्द्रित भएको हो ।

    images
    images
    images

    अर्कोतर्फ बुधबार ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव समेत कार्यवाहक सभापति खड्कालाई बुझाइएको छ ।

    images
    images
    images

    त्यस्तै यस केन्द्रीय समितिको बैठकमा बैठकमा जेनजी प्रदर्शन, त्यसपछि विकसित घटनाक्रम, प्रतिनिधिसभा विघटन, फागुन २१ को निर्वाचन, जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको पार्टी कार्यालय पुनर्निर्माण, शान्ति सुरक्षा एवं सुशासन, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनः निर्माणलगायतका विषयमा छलफल गर्ने गरि एजेण्डा तय गरिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।