Logo

२०८३, श्रावण २७गते


images
images

केन्द्रीय समिति बैठक

कांग्रेसमा बैठकका एजेण्डाको विवाद अझै मिलेन

कांग्रेसमा बैठकका एजेण्डाको विवाद अझै मिलेन

images
  • कांग्रेसमा बैठकका एजेण्डाको विवाद अझै मिलेन
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय समिति बैठक अघि सभापति शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन् । केन्द्रीय समितिको बैठकका एजेण्डा बारे पदाधिकारी बैठकमा सहमति हुन नसकेपछि सोहि विषयमा थापा र शर्माले सभापति देउवासँग छलफल गरेको बताइएको छ ।

    images
    images
    images

    देउवासँगको छलफलमा पनि बैठकका एजेण्डा बारे सहमति हुन नसकेको बताइएको छ ।थापा र शर्माले केन्द्रीय समितिको बैठकमा मङ्सिर भित्र नै नियमित महाधिवेशन गर्न प्रस्ताव खोजेका छन् भने सभापति देउवा पक्ष त्यसो गर्न तयार देखिएको छैन । एजेण्डामा सहमति नभएपछि आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक समेत अनिश्चित बनेको छ ।

    images
    images
    images

    आजको बैठकमा सभापति देउवा उपस्थित हुने भएपछि सानेपास्थित पार्टी कार्यालयमा सुरक्षा व्यवस्था कडा गरिएको छ । संस्थापन पक्ष नियमित महाधिवेशन मङ्सिरमा गर्न तयार नभए आजै विशेष महाधिवेशन माग सहितको ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको निवेदन दर्ता गर्ने तयारी पनि भएको छ ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।