Logo

२०८३, श्रावण २७गते


images
images

नियमित मुद्धा

सर्वोच्च अदालतमा असोज २८ गतेदेखि मुद्धा दर्ता र सुनुवाई शुरु हुने

सर्वोच्च अदालतमा असोज २८ गतेदेखि मुद्धा दर्ता र सुनुवाई शुरु हुने

images
  • सर्वोच्च अदालतमा असोज २८ गतेदेखि मुद्धा दर्ता र सुनुवाई शुरु हुने
    images
    images

    काठमाडौँ । सर्वोच्च अदालतले जेनजी आन्दोलनपछि असोज २८ गतेदेखि नियमित मुद्धा दर्ता र सुनवाई हुने भएका छन् ।

    images
    images
    images

    आइतबार विज्ञप्ति जारी गर्दै सर्वोच्चले भदौ २३ र २४ गतेको घटनापछि बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाई बाहेकका सबै कार्य हालसम्म स्थगन रहेकोमा असोज गतेबाट दर्ता एवम् सुनुवाई हुने र अन्य सेवाहरु पुनः सूचना जारी भएपछि मात्र सञ्चालन हुने जानकारी दिएको हो ।

    images
    images
    images

    सर्वोच्च अदालतले भनेको छ: मिति २०८२।५।२४ गते यस अदालतमा भएको आगजनी ढुङ्गामुढा, तोडफोड र लुटपाट समेतका घटनाबाट हुन गएको क्षतिको कारण बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाई बाहेकका सबै कार्य हालसम्म स्थगन भइरहेकोमा आज मिति २०८२ । ०६ । २६ मा बसेको पूर्ण बैठकको निर्णयानुसार यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरु मिति २०८२।६।२८ गतेबाट दर्ता एवम् सुनुवाई हुने र अन्य सेवाहरु पुनः सूचना जारी भएपछि मात्र सञ्चालन हुने बेहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वोच्च अदालत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।