Logo

२०८३, आश्विन ९गते


images
images

रेसुङ्गा नगरपालिकाद्धारा ५ दिनसम्म शैक्षिक संस्था बन्द गर्न निर्देशन 

रेसुङ्गा नगरपालिकाद्धारा ५ दिनसम्म शैक्षिक संस्था बन्द गर्न निर्देशन 

images
  • सेतोमसी सहकर्मी
  • रेसुङ्गा नगरपालिकाद्धारा ५ दिनसम्म शैक्षिक संस्था बन्द गर्न निर्देशन 
    images
    images

    सूर्य सुनार, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले विद्यार्थिहरुको स्वास्थ्यलाई ख्याल गदै ५ दिनसम्म शैक्षिक क्रियाकलाप बन्द गर्ने निर्णय गरेको छ । 

    images
    images
    images

    आइतबार नगरप्रमुख डिल्लीराज भुसालको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसको संक्रमणदर बढेको भन्दै विद्यालय बन्द गर्नेे निर्णय गरेको रेसुङ्गा नगरपालिका शिक्षा शाखा अधिकृत विष्णु ज्ञवालीले जानकारी दिए ।

    images
    images
    images

    बैशाख १३ देखी १७ गते सम्म रेसुङ्गा नगरपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयको प्रशासनिक तथा पठनपाठन कार्य बन्द गर्ने गराउने निर्णय गरिएकाले सोही अनुसार गर्नु गराउनुहुन निर्देशन गरिएको शिक्षा शाखा अधिकृत ज्ञवालीले बताए । 

    images
    images
    images

    नगरपालिका भित्र परीक्षा संचालन गर्न विद्यालयका प्रधानध्यापकले सुझाव दिएपनि संक्रमण बढी रहेकाले परीक्षा संचालन गर्न नसकिएको ज्ञवालीले बताए । १७ गते पछि संक्रमणको अवस्था हेरेर परीक्षा संचालन गर्ने कि नगर्ने भने विषयमा छलफल हुने उहाँले बताए । 

    कोरोना भाइरसको संक्रमण बढिरहेको समयमा विद्यालय बन्द गर्नु राम्रो पक्ष भएपनि विद्यार्थिको अध्ययनलाई ख्याल गर्ने नगरपालिकाले शैक्षिक संस्था बन्द गर्दै गएमा बैकल्पिक माध्यमबाट पठनपाठन गराउन आवश्यक देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।