Logo

२०८३, श्रावण २७गते


images
images

आसन्न निर्वाचनमा गुल्मी जिल्लालाई काँग्रेसमय  बनाउँछाैँ : सभापति पन्थी

आसन्न निर्वाचनमा गुल्मी जिल्लालाई काँग्रेसमय  बनाउँछाैँ : सभापति पन्थी

images
  • आसन्न निर्वाचनमा गुल्मी जिल्लालाई काँग्रेसमय  बनाउँछाैँ : सभापति पन्थी
    images
    images

    गुल्मी, नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आसन्न निर्वाचनमा गुल्मी जिल्लालाई काँग्रेसमय बनाउने बताएका छन् । शुक्रबार नेपाली काँग्रेसका संस्थापक तथा जननायक बीपी कोइरालाले शुरु गरेको ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सभापति पन्थीले आफ्नो पहिलो ध्येय काँग्रेसलाई आउने चुनावमा पहिलो पार्टी बनाउने रहेको दाबी गरे ।

    images
    images
    images

    नेपाली काँग्रेसको जिल्लास्थित पार्टी कार्यालय बीपी स्मृति भवन तम्घासमा आयोजना गरिएको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले भने,–‘अब आउने तीनै तहको निर्वाचनमा काँग्रेका सबै उम्मेदवारलाई विजयी गराउने मेरो पहिलो ध्येय हो ।’

    images
    images
    images

    काँग्रेसको भर्खरै सकिएको अधिवशनबाट सभापतिमा निर्वाचित भएका पन्थीले विजयी भएर उत्सव मनाएका र पराजित भएर मन दुखाएका सबै साथीहरूलाई एकताबद्ध बनाएर लैजाने बताए । सभापति पन्थीले आफुले प्राप्त गरेको जिम्मेवारीलाई कर्मको रुपमा रुपान्तरण गरेर देखाउने दाबी गरे । उनले वीपीको नीति आज जति सान्दर्भिक छ भोलि पनि त्यो भन्दा बढी सान्दर्भिक हुने बताए ।

    images
    images
    images

    नेपाली काँग्रेस गुल्मीको आयोजनामा सञ्चालन गरिएको विचार गोष्ठीमा रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चन्द्रकान्त पन्थीले नेपाली कांग्रेस पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला (वीपी), लौहपुरुष गणेशमान सिंह, नेतृ शैलजा आचार्य र नेता खुमबहादुर खड्का लगायतका शिर्ष नेताहरु ८ वर्ष लामो निर्वासन अन्त्य गरी मेलमिलापको नीति लिएर वि.सं. २०३३ पुष १६ गते स्वदेश फर्किएको इतिहासबारे जानकारी गराए । उनले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्केको दिनलाई नेपाली कांग्रेसले सम्झिरहने र अहिले देशको पछिल्लो अवस्थालाई हेर्दा वीपीको नीति अत्यन्तै आवश्यक र सान्दर्भिक रहेको दाबी गरे ।

    त्यस अवसरमा नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष श्रीप्रसाद भलामी, क्षेत्रिय सभापति चन्द्रबहादुर महत, रेसुङ्गा नगर सभापति जयश्वर पन्थीले बीपीले शुभारम्भ गरेको राष्ट्रिय एकता र मेलमिलाप नीति अहिले पनि सान्र्दभिक र अत्यावश्यक बनेको बताए । नेपाली काँग्रेस गुल्मीका सह–सचिव छवि पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव भगतसिंह खड्काले गरेका थिए । कार्यक्रममा नेपाली काँगे्रसका नेता तथा कार्यकर्ताहरु, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख एवम् प्रतिनिधिहरु पत्रकार समेतको उल्लेखनीय उपस्थित रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।