Logo

२०८३, श्रावण २७गते


images
images

मौसम

लुम्बिनीसहित तीन प्रदेशमा वर्षाको सम्भावना

लुम्बिनीसहित तीन प्रदेशमा वर्षाको सम्भावना

images
  • लुम्बिनीसहित तीन प्रदेशमा वर्षाको सम्भावना
    images
    images

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू-भागमा मनसुनी वायूको कमजोर प्रभाव रहेको जनाएको छ ।

    images
    images
    images

    हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने सुदुरपश्चिम प्रदेशका पहाडी भू-भाग, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग तथा बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    आज दिउँसो कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली रहने छ भने कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । 

    images
    images
    images

    त्यस्तै राती कोशी प्रदेश, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने र कोशी प्रदेश, मधेश प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको मौसम
  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।