Logo

२०८३, आश्विन १०गते


images
images

तिनदिनदेखि बन्द देवदह खानेपानीको पाइप आज फिट गरिदैं, दिउँसो देखि नियमीत सप्लाइ हुँने

तिनदिनदेखि बन्द देवदह खानेपानीको पाइप आज फिट गरिदैं, दिउँसो देखि नियमीत सप्लाइ हुँने

images
  • तिनदिनदेखि बन्द देवदह खानेपानीको पाइप आज फिट गरिदैं, दिउँसो देखि नियमीत सप्लाइ हुँने
    images
    images

    देवदह । देवदहको पिपपलडाँडास्थित पुर्वपश्चिम राजमार्गको पुल निर्माण गर्ने क्रममा पाइप फुटेपछि मंगलबारदेखि काटिएको खानेपानीको  पाइप आज (विहिबार) जोंडिदै छ । देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ समूहका अध्यक्ष गुमानसिंह खत्रीले तीनदिनदेखि काटिएको खानेपानीको पाइप आज व्यवस्थित गरिने र दिउँसोबाट नियमित सप्लाइ दिईने बताए ।

    images
    images
    images


    अध्यक्ष खत्रीका अनुसार मंगलबार पुल निर्माणको क्रममा कामदारको असाबधानीका कारण खानेपानीको पाइप फुटेको थियो । उक्त पाइप फुटेसंगै विगत तीनदिन देखि राजमार्गका दक्षिण क्षेत्रमा पानीको सप्लाई दिन नसकिएको र आज दिउँसो १२ बजेसम्म पाइप स्थानान्तरण गरि नियमित सप्लाइ दिइने उनको भनाइ छ ।

    images
    images
    images


    सेतोमसीसंग कुरा गर्दै अध्यक्ष खत्रीले पाइप मर्मत गरेर सोहिस्थानबाट सप्लाईदिन समय लाग्ने भएकोले पाइप नै स्थानान्तरण गरेर यथासक्य छिटो समस्या समाधानको पहल गरिएको बताए ।
     
    विगत तीनदिनदेखि धारामा पानी नआएपछी धेरैका पानी ट्यान्की रित्तिएका छन् । घरमा बैकल्पिक पानीको स्रोत (हाण्डपाइप) नहुनेहरू यतिबेला बाल्टी बोकेर पानीको खोजिमा हिंडेको देख्न सकिन्छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।