Logo

२०८३, आश्विन ९गते


images
images

अन्नपूर्ण आधार शिविर

अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक

अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक

images
  • अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक
    images
    images

    पोखरा । मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ ।

    images
    images
    images

    शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको छ । वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाइएको वडा कार्यालयले जनाएको छ ।

    images
    images
    images

    वडा कार्यालयले भनेको छ-

    images
    images
    images

    यहि असोज १८ र १९ गते २ दिन मनसुन सक्रिय हुने जानकारी  आएकोले आपत बिपत तथा मानविय घटना हुन नदिनको लागि २ दिन प्रथम अन्नपूर्ण आधार शिबिरमा घुम्न जानको लागि निषेध गरिएको छ अन्यथा यो सुचनालाई बेवस्था गरि भ्रमण गर्न गएको पाइएमा भवितव्य, आपत विपत तथा कुनै पनि घटनाप्रति वडा कार्यालय गाउँपालिकाको कार्यालय वा कुनै संघ संस्था जिम्मेवारी नहुने कुरा सम्बन्धित सबैमा यो सुचना गरिएको छ । यसबाट स्वदेशी विदेशी पर्यटकहरुमा पर्न गएको असुविधाप्रति हामी सबै क्षमा चाहन्छौं । 

    आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । दसैँको बिदा सुरु भएपछि पदमार्ग र आधार शिविरमा घुमघामका लागि दैनिक सय जनाको हाराहारीमा पर्यटकहरू जाने गरेका थिए ।

    जिल्ला प्रशासन कार्यालय म्याग्दीले सार्वजनिक सूचना जारी गरेर वर्षा नरोकिँदासम्म पुनहिल, घोडेपानी, मोहरेडाँडा, गुर्जा, ढोरपाटन, धौलागिरि चक्रीय पदमार्ग लगायत पर्यटकीयस्थलको भ्रमणमा नजान अनुरोध गरेको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा शनिबारदेखि आउदो सोमबारसम्म साँझ ५ देखि बिहान ६ बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेश लगायत देशका विभिन्न भूभागमा मध्यमदेखि र भारी वर्षाको चेतावनी दिएसँगै म्याग्दीमा सतर्कता अपनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अन्नपूर्ण आधार शिविर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।