सुमन खड्का, काठमाडौँ । टेबुलभरि जडिबुटीनै जडिबुटी छन् । ती टेवलमा सजिएका अनुपम जडिबुटीको सुगन्धले जो कोहिलाई पनि लठ्याउँछ नै ।
तिनै जटिबुटीबाट कोहि धुप बनाउँदैछन । कोहि निर्मित धुप मिलाउदै छन् त कोही प्लास्टिकमा पोको पार्दैछन् ।
यो दृश्य हो - बि. आई. ए. फाउन्डेसन जोरपाटीको । यहि दृश्यमा देखिने एक पात्र हुन्, झापाका एकराज चापागाईँ । उनी विभिन्न किसिमका जडिबुटीको धुप सङ्कलन गर्दछन् । झापा घर भै हाल काठमाडौँ अपाङ्ग सङ्घ बि. आई. ए. फाउन्डेसन जोरपाटीमा आमासंगै आफ्नो जीवन बिताउदै गरेका एकराज चापागाईँको दैनिकी धुप बनाउदैमा बित्छ । चापागाई उच्च रक्तचापका कारण बाल्यावस्थामै दुष्टि विहीन हुन पुगे।
चापागाईले सुनाउछन् " झापाबाट काठमाण्डु आउँदा धेरैले मलाई घरको बोझ भनेका थिए । यसैकारण म मा आफै केही गर्ने सोंच आयो । काठमाण्डु आएको केही समयमा मैले बि. आई. ए फाउन्डेसनमा काम गर्ने मैका पाएँ । मलाई कैले कहिँ केही गर्न सक्दिन कि जस्तो नि लाग्थ्यो । तर मेरो आत्माबिस्वासले सबै काम गर्नलाई हौसाला मिल्यो र आज स्वावलम्भी छु । अरुको भर पर्नुपर्दैन म आफै कमाउन र आमा लाइ पाल्न सक्छु" उनले भने ।
उनका अनुसार धुप बनाउन विभिन्न किसिमका धुपी, काउलो, ढुटो, राल धुप आदि पर्योग गरिन्छ। अहिले यहाँ सिप सिकी भविष्यमा आफ्नै धूप उद्योग खोल्ने सोंच चापागाईंले बनाएका छन् ।
अपाङ्ग रहेका खगेन्द्र बहादुर बस्नेतको परिकल्पना अनुसार २०२६ सालमा स्थापना भएको हो । नेपाल 'अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्र ' बेसहारा भएका व्यक्तिको साहाराको थलो भएको छ।
राजधानीको जोरपाटी हुँदै साँखु जाने बाटोमा नारायणटार चोक र बागमती पुलको बिचमा अवस्थित खगेन्द्र नवजीवन केन्द्रले आफ्नो नियमित व्यक्तिगत काम गर्न नसक्ने 'क' वर्गका पुर्ण अपाङ्गता भएका ब्यक्तिहरूलाई सेवा पर्दान गर्दै आएको छ । यहाँ अवस्थित १८ जना अपाङ्गहरूको खर्च नेपाल सरकारले गर्छ भने बाकी केन्द्रले कार्यालय परिसर अगाडिका सटर भाडाबाट हुने आम्दानी तथा विभिन्न दाताको सहयोगमा व्यवस्थापन गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology