Logo

२०८३, श्रावण २७गते


images
images

सरकारलाई काँग्रेसको चेतावनी

दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई काँग्रेसको चेतावनी

दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई काँग्रेसको चेतावनी

images
  • दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई काँग्रेसको चेतावनी
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले  दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई चेतावनी दिएको छ ।

    images
    images
    images

    कांग्रेसले जेनजीको शान्तिपूर्ण प्रदर्शनको आवरणमा अकल्पनीय ढङ्गले भएको हिंसा, तोडफोड, आगजनी र लुटपाटबाट मुलुकलाई ठुलो क्षति पुर्‍याउने काम भएको  उल्लेख गर्दै घटनामा संलग्न व्यक्तिलाई कारबाही नगरी उन्मुक्ति दिन खोजिएकोप्रति आक्रोश व्यक्त गरेको छ ।

    images
    images
    images

    कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भाद्र २३ र २४ गतेको घटनाको छानबिनका लागि सरकारले न्यायिक आयोग गठन गरेको निर्णय स्वागतयोग्य भए पनि गृह मन्त्रालयले २०८२ असोज ९ गते जारी गरेको विज्ञप्ति र त्यसकै आधारमा गरिएका परिपत्रहरूले संवैधानिक व्यवस्था, विधिको शासन र कानूनी राज्यको धज्जी उडाएको उल्लेख छ । 

    images
    images
    images

    विज्ञप्तिमा अपराधमा संलग्न प्रमाणित व्यक्तिहरूमाथि खोजतलास नगरी उन्मुक्ति दिने, बरु दल विशेषका नेताहरूमाथि बदलापूर्ण आक्रमण गर्ने प्रवृत्तिले राजनीतिक प्रतिशोधलाई प्रस्ट पारेको कांग्रेसको आरोप छ ।

    कांग्रेसले सरकारको प्रत्यक्ष निर्देशनमा राजनीतिक दलका नेताहरूको राहदानी रोक्का गर्ने, आवतजावतमा प्रतिबन्ध लगाउने र छानबिन आयोगलाई नभएको अधिकार प्रदान गरी गैरकानुनी निर्णय गराउने जस्ता कदमहरूले मानवअधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पुर्‍याएको आरोप लगाएको छ ।

    कांग्रेसले भनेको छ- 'सकारको नीति दण्डहीनतालाई प्रोत्साहन गर्ने, अपराधीलाई उन्मुक्ति दिने र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति गर्ने हो भने नेपाली जनताले कदापि स्वीकार गर्ने छैनन् ।'

    कांग्रेसले अन्तरिम सरकारलाई लोकतान्त्रिक सिद्धान्त र संवैधानिक मर्यादा पालन गर्न आग्रह गर्दै तत्काल नीतिगत सुधार गर्न आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।