Logo

२०८३, आश्विन १०गते


images
images

नयाँ कुमारी

नयाँ कुमारी आर्यताराको आज आसन ग्रहण

नयाँ कुमारी आर्यताराको आज आसन ग्रहण

images
  • नयाँ कुमारी आर्यताराको आज आसन ग्रहण
    images
    images

    काठमाडौँ । नयाँ कुमारीका रूपमा छनोट गरिएकी काठमाडौं इटुम्बहालकी साढे दुई वर्षकी आर्यतारा शाक्यलाई आज आसन ग्रहण गराइदै छ ।

    images
    images
    images

    मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजेको बीचमा आर्यतारालाई कुमारीको आसन ग्रहण गराइने भएको छ । साथै पुरानो कुमारी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    परम्परागत विधि अनुसार अब आर्यतारा शाक्यलाई नयाँ कुमारीको रूपमा चयन गरिएको थियो । आज हुने विशेष समारोहपछि उनी कुमारी घरमा विराजमान हुनेछन् र परम्परा अनुसार पूजा–आराधना गरिनेछ ।

    images
    images
    images

    शाक्य महाविहार संघले शहरका १५ बहालहरुमा पत्र पठायो, नामहरू संकलन भए, परिवारहरूको आशा बढ्दै गयो । अन्तिममा मापदण्ड पास गर्ने केवल तीन नानी बाँकी रहेका थिए । अनि गुठी संस्थान, पञ्चाङ निर्णायक समिति र परम्परागत विधि अनुसार, आर्यतारा शाक्यलाई नयाँ कुमारीको रूपमा घोषणा गरिएको थियो ।

    आर्यतारा शाक्य अनन्त शाक्य र प्रतिष्ठा शाक्यकी छोरी हुन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कुमारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।