देवदह । रुपन्देहीको देवदहमा श्रीमद देवी भागवत महापुराण संचालन भएको छ । देवदहको वडा नं ७ स्थित बैरीमाई मन्दिरमा असोज ६ गतेदेखि श्रीमद देवी भागवत महापुराण तथा चण्डी पाठ संचालन भएको हो ।
ऐतिहासिक मन्दिरको संरक्षण र विकाससंगै मौलिक धर्म-संस्कृतिको प्रवर्धन गर्न देवी भागवत संचालन गरिएको पुजा समिति संयोजक गोपाल अधिकारीले जानकारी दिए । देवी भागवत १५ गतेसम्म संचालन हुने जनाइएको छ ।
मन्दिरमा गुरु दुर्गाप्रसाद बश्यालसहितको टोलीले संगीतमय प्रवचनसंगै भजन-किर्तनसमेत गर्दै आएको बैरीमाई-कन्यामाई संरक्षण समितिका अध्यक्ष गोविन्द पाण्डेय (मणी) ले जानकारी दिए ।
हरेक वर्ष विशेष पुजा हुने भएपनि मन्दिरमा संगितमय कथा वाचन भने पहिलो पटक गरिएको भजन समितिका तिर्थ देवकोटाले बताए ।
प्रवचन सुन्न र ऐतिहासिक मन्दिरमा पुजा गर्न स्थानीय शीतलनगर र शान्तिनगरसंगै आसपासका क्षेत्रका भक्तजनहरुको घुइंचो लाग्ने गरेको आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology