Logo

२०८३, श्रावण २७गते


images
images

भर्चुअल संवाद

कांग्रेस रुपान्तरणका लागि नियमित वा विशेष महाधिवेशनको माग

कांग्रेस रुपान्तरणका लागि नियमित वा विशेष महाधिवेशनको माग

images
  • कांग्रेस रुपान्तरणका लागि नियमित वा विशेष महाधिवेशनको माग
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको रुपान्तरणका लागि निरन्तर सुझाव संकलन गर्दै आएका केन्द्रीय सदस्य प्रदीप पौडेलले सातै प्रदेशका महाधिवेशन प्रतिनिधिहरूसँग भर्चुअल संवाद गरेका छन् । “वर्तमान राजनीतिमा कांग्रेसको जिम्मेवारी र संगठनात्मक भूमिका” शीर्षकमा भएको छलफलमा सहभागी अधिकांश प्रतिनिधिहरूले पार्टीमा रूपान्तरणको आवश्यकता औंल्याउँदै नियमित वा विशेष महाधिवेशनमार्फत नेतृत्व र रणनीति दुवै परिवर्तन गर्नुपर्ने धारणा राखे ।

    images
    images
    images

    सुमार्ग ११० प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा धेरैले पार्टीलाई देशभर पुनर्जागृत गर्न नियमित महाधिवेशन नै उपयुक्त विकल्प भएको बताए । तर वर्तमान नेतृत्वबाट तत्काल सम्भव नहुने आशंका राख्दै केहीले विशेष महाधिवेशनमार्फत नेतृत्वमा नयाँ ऊर्जा ल्याउनुपर्ने माग प्रस्तुत गरे । उनीहरूले पार्टीलाई अनिर्णयको बन्दीमा राख्न नहुने भन्दै ढिलाइ भए तत्काल विशेष महाधिवेशन बोलाउनुपर्नेमा जोड दिए ।

    images
    images
    images

    युवा प्रतिनिधिहरूले हालै देखिएको "जेन जेड आन्दोलन" को प्रभाव र उठाइएका मुद्दाहरूलाई कांग्रेसले गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्नेमा बल दिए । समयअनुसार पार्टी चल्न नसके इतिहासमै सीमित हुने चेतावनी दिँदै उनीहरूले पुस्तान्तरणलाई अपरिहार्य बताए । कतिपय युवाले पुरानो पुस्ताले स्वेच्छाले मार्गप्रशस्त गर्नुपर्ने, नभए युवाहरू आफैं नेतृत्व लिन तयार रहेको धारणा राखे ।

    images
    images
    images

    पौडेलले पार्टीको जग आम कार्यकर्ता भएको बताउँदै, कार्यकर्ताको भावना अनुसार पार्टीलाई जीवन्त बनाउन आफूले वैचारिक बहस र सुझाव संकलन अभियान अघि बढाएको स्पष्ट पारे । उनले पार्टी रुपान्तरणका लागि कार्यकर्ताको आवाजलाई केन्द्रमा राखेर नेतृत्व तहमा निरन्तर पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।