देवदह । देवदहको घोडाहमा माइक्रो बसले ठक्कर दिंदा २५ वर्षीया युवतीको मृत्यु भएको छ । शुक्रवार बेलुका ७:३० बजे माइक्रोले पैदलयात्री साकक्षी सुनारीलाई ठक्कर दिएको थियो ।
दुर्घटना लगत्तै युवतीलाई घटनास्थलबाट देवदह मेडिकल कलेज भलुही पुर्याएको र चिकित्सकले मृत घोषणा गरेको खैरेनी प्रहरी चौकीले जनाएको छ ।
लु १ ख ९३०१ नम्बरको बसले युवतीलाई देवदहको घोडाहस्थित वडा नं ९ को कार्यालय (भलुही जंगल कटेर घोडाह प्रवेश गर्ने स्थान) अगाडि ठक्कर दिएको थियो । यसअघि भलुही भनिएको भएपनि दुर्घटना घोडाहमा भएको जनाइएको छ ।
ठक्कर दिने माइक्रोलाई नियन्त्रणमा लिएर बुटवल पठाइएको खैरेनी प्रहरी चौकीका इन्चार्ज भिमसेन बिष्टले जानकारी दिए ।
मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology