देवदह । देवदहको घोडाहमा* माइक्रो बसले ठक्कर दिंदा एकजना गम्भीर घाइते भएका छन् । लु १ ख ९३०१ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिंदा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
बुटवलबाट खैरेनीतर्फ गइरहेको माइक्रोले शुक्रवार साँझ ७:३० बजे पैदल यात्रीलाई ठक्कर दिएको खैरेनी प्रहरी चौकीका इन्चार्ज भिमसेन बिष्टले जानकारी दिए ।
घाइतेको परिचय नखुलेको र देवदह मेडिकल कलेज भलुहीमा पठाइएको जनाइएको छ ।
*यस अघि दुर्घटनास्थल भलुही भनिएकोमा सच्याइएको छ - सं
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology