देवदह । महामाया भवानी माध्यमिक विद्यालयले विजया दशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार विद्यालय व्यवस्थापन समिति, शिक्षक-कर्मचारी तथा स्थानीयहरूको विचमा विद्यालयले शुभकामना आदानप्रदान गरेको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका सामाजिक विकास समिति संयोजक हरी पाण्डेयले सामुदायीक विद्यालयले विद्यार्थीको संख्या वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले शिक्षक-कर्मचारी र भौतिक पूर्वाधार प्रयाप्त हुँदासमेत कतिपय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु चिन्ताको विषय भएको बताए ।
विद्यालयका प्राचार्य ऋषिश्वर अर्यालले विद्यालयको नतिजा उत्कृष्ट रहेको उल्लेख गर्दै विद्यार्थी संख्या र शैक्षिक गुणस्तरलाई अझै बढाउने कार्यमा विद्यालय लागिरहेको बताए ।
विद्यालयका अध्यक्ष लक्षु न्यौपाने शर्माले विद्यालयको विकासमा सबैको सहयोग र सहकार्य आवश्यक रहेको औल्याइन् ।
कार्यक्रम पुर्व विद्यार्थी समाजका अध्यक्ष झविन्द्र पाण्डेय, स्थानीय अगुवा मणिप्रसाद शर्मा, विद्यालयका पुर्व प्रधानाध्यापक दिनानाथ अर्याल लगायतले बोल्दै विद्यालयको विकाससंगै चार्डपर्वको महत्व र त्यसले फैलाउने सामाजिक सद्भावबारे चर्चा गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology