Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

पार्टीमा पुस्तान्तरणको माग गर्दै कांग्रेसका युवाले देवदहका गरे प्रदर्शन

पार्टीमा पुस्तान्तरणको माग गर्दै कांग्रेसका युवाले देवदहका गरे प्रदर्शन

images
  • पार्टीमा पुस्तान्तरणको माग गर्दै कांग्रेसका युवाले  देवदहका गरे प्रदर्शन
    images
    images

    देवदह । बदलिँदो राजनीतिक परिस्थितिमा पुराना राजनीतिक दलहरूमा नेतृत्व परिवर्तनको दबाब बढ्दै गएको छ । जेनजी आन्दोलनको मागलाई सम्मान गर्दै नेतृत्वमा रुपान्तरण र पुस्तान्तरणको मुद्धा बहसको विषय बनेको छ । 

    images
    images
    images

    यसैबीच रुपन्देहीको देवदहका पनि नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीका महामन्त्री तथा केन्द्रीय युवा नेताहरूले अगाडि सारेको विशेष महाधिवेशनको मागमा ऐक्यबद्धता जनाएका छन् । उनीहरुले पुरानो राजनीतिक नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने भन्दै प्रदर्शन गरेका गरे ।

    images
    images
    images

    पार्टीका देवदह नगर सचिवसहित स्थानीय नेता कार्यकर्ताले प्ले कार्ड सहित प्रदर्शन गर्दै नेतृत्वलाई दबाब बढाएका छन् ।  

    images
    images
    images

    पार्टीभित्र नयाँ ऊर्जा र नेतृत्व आवश्यक रहेको भन्दै देवदहका कार्यकर्ताहरूले जारी अभियानलाई समर्थन व्यक्त गरेका हुन् । उनीहरूले विशेष महाधिवेशनमार्फत संगठनलाई पुनः सशक्त बनाउने, युवा पुस्तालाई नेतृत्वमा ल्याउने र पार्टीलाई बदलिँदो राजनीतिक परिवेशअनुसार सक्षम बनाउने आवश्यकता रहेको धारणा राखेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।