Logo

२०८३, आश्विन १०गते


images
images

इन्टलेक्चयुअल स्कूल बुटवलको अध्यक्षमा मरासिनी चयन

इन्टलेक्चयुअल स्कूल बुटवलको अध्यक्षमा मरासिनी चयन

images
  • इन्टलेक्चयुअल स्कूल बुटवलको अध्यक्षमा मरासिनी चयन
    images
    images

    बुटवल । बुटवल कालिकानगरस्थित  इन्टलेक्च्युअल एकेडेमी (स्कुल) कालिकानगरको ११ औं साधारणसभा तथा ५ औं अधिवेशन एक समारोह बीच शनिबार संम्पन्न गरियो ।

    images
    images
    images

    साधारणसभाको अवसरमा संस्थाका सञ्चालकहरुले कोभिड माहमारीसँगै सेवामुलक व्यवसायिक संस्थाहरुलाई चुनौती थपिएको बताउँदै सोको सामना गर्न नयाँ भिजन र मिसनसहित अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

    images
    images
    images

    सो अवसरमा संस्थाका सञ्चालक रामराज पोख्रेलले आर्थिक वर्ष २०७७/०७८को आय व्यय तथा भावी रणनीतिहरु प्रस्तुत गरेका थिए भने संस्थाका संस्थापक अध्यक्ष एव सञ्चालक डा. कृष्ण खरेल , सञ्चालक गोविन्द प्रसाद मरासिनी, नारायण भण्डारी, लक्षण कुँवर , खुमा घिमिरे, लेखा संयोजक पारसमणि भण्डारी, शेयरसदस्यहरु प्रकाशचन्द्र पाण्डे,मदनलाल बसेल, धर्म एस के खेमनारायण अर्याल , जिवाखर अर्याल, लक्ष्मी पन्थी,माया पौडेल,अर्जुन पराजुली, यादव पौडेल लगाएतले आआफ्नो धारणा राखेका थिए । 

    images
    images
    images

    संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षतामा सम्पन्न साधारणसभा पश्चातको अधिबेशनबाट संस्थाका संचालक गोबिन्द प्रसाद मरासिनीको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । जसको सञ्चालकहरुमा डा कृष्ण खरेल , डिल्लीराज अर्याल, रामराज पोख्रेल, नारायण प्रसाद भण्डारी, लक्षण कुँवर,  र खुमा घिमिरे तथा लेखा समितिको संयोजकमा पारसमणि भण्डारीलाई चयन गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।