रूपन्देही । विद्यार्थीहरुले क्याम्पसभित्र धेरै टिकटक बनाएर अध्ययनमा ध्यान नदिएको गुनासो बढेपछि कपिलवस्तुको सदरमुकाममा रहेको कपिलवस्तु बहुमुखी क्यामपसमा टिकटक बनाउन प्रतिबन्ध लगाइएको छ ।
क्याम्पसले जारी गरेको सूचनामा केही विद्यार्थीहरुले स्मार्ट मोबाइलको प्रयोग गरी क्याम्पस परिसरभित्र टिकटक बनाएको भन्ने गुनासो आएकाले अब उपरान्त क्याम्पसको संरचना आउने गरी क्याम्पस पोशाकमा टिकटक भिडियो बनाउन रोक लगाइएको उल्लेख छ ।
यदि सो कार्य गरेको पाइएमा सम्बन्धित व्यक्तिको मोबाइल नियन्त्रणमा लिइ आचार संहिताअनुसार कारवाही हुने जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology