समाजवादको कल्पना गर्ने इतिहास लामो छैन । सन् १८४८ मा कम्यूनिष्ट पार्टीको घोषणापत्र तयार हुनुभन्दा पहिलेको चरणलाई काल्पनिक समाजवादको रुपमा हेर्न सकिन्छ । काल्पनिक समाजवादको पहिलो चरण पुँजीवादको विरुद्ध चाल्र्स फुरिये र रोवर्ट ओवेनरुले आफ्नो दृष्टिकोण अगाडि सारेका थिए । अर्का काल्पनिक समाजवादका चिन्तक हेनरी डी सेन्ट साइमन थिए । यिनी दार्शनिकहरुले पूँजीपति वर्गले मजदुर वर्गहरुलाई उनीहरुको जीविका चलाउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने, उत्पादनका साधनहरुमा सामूहिक स्वामित्व स्थापना गरिनुपर्ने जस्ता कुरा अगाडि सारे । रोवर्ट ओवेन आफै पनि उद्योगपति थिए । यि दार्शनिकहरुले प्रयत्न गरे पनि काल्पनिक समाजवाद सफल हुने कुरै भएन, बरु यसले वैज्ञानिक समाजवादका लागि उत्प्रेरकको भूमिका खेलेकै कारण यो वर्गसंघर्षसँग जोडिएर समाजवादको बहस अगाडी बढ्यो ।
काल्पनिक समाजवादको चरणमा ठूलाठूला बहसहरु भए यसै समयमा फयरबाखले भौतिकवादी दर्शन र हेगेलको द्वन्द्ववादी दर्शनका कारण राजनीतिक अर्थशास्त्रको क्षेत्रमा देखा परेको काल्पनिक समाजवाद र राजनीतिक रुपमा यसको पहिलो प्रयोग फ्रान्सको राज्यक्रान्तिमा भयो । यो समय औद्योगिक पूँजीवादको विकासको रफ्तार भएकोले श्रमिकवर्ग र पूँजीपतिबिचको अन्तरविरोध चर्को रुपमा देखियो । यिनै घटनाको परिणामलाई संश्लेषण गरेर कार्ल माक्र्सले वैज्ञानिक समाजवादको प्रतिपादन गरे ।
समाजवादी दर्शनको विकास :
हेनरी डी सेन्ट, रोवर्ट र केही समाजवादको कल्पना गर्ने दार्शनिकहरुले आफ्नो दुष्टिकोण काल्पनिक समाजवादको रुपमा अगाडि सारे भने हेगेल (George Wilhelm Friedrich Hegal) ले समाजवादलाई बुझ्न र रुपान्तरण गर्न बहसको आवश्यकतादेखि द्वन्द्ववादी दर्शनको विकास गरे । त्यसैगरी फायरवाख (Ludwing Anureasvan Feuerbach) ले समाज र जगतलाई बुझ्नको लागि भौतिकवादी दर्शनको विकास गरे । यिनी दुवै एकअर्काका विपरित थिए, हेगल द्वन्द्ववादी त थिए तर भौतिकवादी थिएनन्, फायरवाख भौतिकवादी थिए तर द्वन्द्ववादी थिएनन् । यिनी दुवै दर्शन र काल्पनिक समाजवादको संश्लेषण गर्दै ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको व्याख्या सहित कार्लमाक्र्स र फ्रेडरिक एङ्गेल्सले कम्यूनिष्ट घोषणापत्र तयार पार्दै वैज्ञानिक समाजवादी दर्शनको प्रतिपादन गरे ।
मानिसले नै विचार दर्शन बनाएको हो, विचार÷दर्शनले मानिस बनाएको होइन । त्यसैले मानिसको आवश्यकता, चेतना र भौतिक परिवेश अनुरुप विचार, दर्शनको विकास हुँदै जाने वैज्ञानिक नियम हो । समाजवादलाई दर्शन र अर्थराजनीतिबाट अलग राख्न सकिदैन । आज विज्ञानलाई आवश्यकता अनुसार विकास गरेर जानुपर्ने हुन्छ ।
अन्त्यमा, माक्र्सवाद हाब्सवामले भनेजस्तै यथास्थितिमा होइन । यो दर्शन, मनन र बौद्धिकतमा मात्र सीमित नरहेर निरन्तर शक्तिशाली राजनीतिक आन्दोलन पनि हो । २०औं शताब्दीको दशकमा यो शक्तिशाली क्रान्तिकारी दर्शनको रुपमा रह्यो र यसको प्रभाव नेपाल तथा दक्षिण अमेरिकी देशमा पनि बढ्यो । त्यसैले समाज विकास र रुपान्तरणलाई भौतिकवादी भएर सोच्ने र द्वन्द्ववादी भएर बहस गरेर नै नयाँ समाजवाद निर्माण गर्न सकिन्छ ।
दर्शनलाई पनि आवश्यकता अनुसार चेतना र भौतिक परिवेश अनुसार अगाडि बढाउनुपर्छ । अहिलेको समाजमा समाजवादको विकासको लािग विद्यमान दुईवटा दर्शन र विश्व दृष्टिकोण बिचको बहस पनि आवश्यक छ । यि दुईवटा दर्शनमा पहिलो आर्दशवान (चैतन्यवाद) र दोस्रो भौतिकवादी हो । पहिलो दृष्टिकोणको दर्शनले आदर्शवादी संसार कुनै अलौकिक र अदृश्य चेतनातत्वले निर्धारण नियमअनुरुप सञ्चालन हुने गरेको मान्दछ । यसले मानिसलाई इश्वरवाद, रहस्यवाद, दैविक शक्तिको सिद्धान्त, अन्धविश्वास तर्फ प्रेरीत गर्दछ । यो चिन्तनको प्रणालीले समाजवादको कल्पनासम्म गर्न सकिदैन र आधुनिक विकसित सुशासित सुव्यवस्थित र वैज्ञानिक समाज व्यवस्था यसको बाधक बनेर आउँछ ।
दोस्रो विश्व दृष्टिकोण त्यो भौतिकवादी दशर्न हो, यसले सृष्टि आफैमा आदित्व हो र यो स्वनियम, द्वन्द्वको नियमद्वारा सञ्चालिन छ । मानव इतिहासका हरेक कालखण्डमा यि दुवै दर्शन अस्तित्वमा रहँदै आएका छन् । जहाँसम्म दोस्रो विश्व दृष्टिकोण हो, त्यो द्वन्द्वात्मक भौतिकवादमा आधारित छ र यसको विकास र विस्तारको लागि कार्लमाक्र्स लगायत संसारका धेरै दार्शनिकले इतिहासका विभिन्न कालखण्डमा वर्गसंघर्ष र राजनीतिक अर्थशास्त्रसँग जोडेर समाजवादको कल्पना गरेका छन् । यो दृष्टिकोणलाई विकासको गतिमा देखेपनि हिजोको विश्लेषण पद्धतिमा सीमित राख्न मिल्दैन । हामीले यसलाई यान्त्रिक भौतिकवादी आँखाबाट हे¥यौँ भने एक्काइसौं शताब्दीको नयाँ समाजवादको कल्पना गर्न सक्दैनौं, किनकी विश्व दृष्टिकोणको समृद्धिकरण नै समाजवादको आजको दार्शनिक प्रश्न बन्न जान्छ । हो, यसलाई कसरी समृद्धिकरण गर्ने यो गम्भीर प्रश्न हो । प्रकृति स्वयम् एक आदितत्व हो र यसभित्र रहेको द्वन्द्वले उत्पन्न गर्ने पदार्थ, तत्व वा चेतना प्रकृतिको रुपमा रुपान्तरण हुँदै जाँदा मानव समाज विराट प्रकृतिको एउटा अंश हो । त्यसैले प्रकृतिका नियमहरुलाई मानवजातिले बुझ्ने र त्यसलाई उपयोग गर्ने, मानव प्रकृतिभन्दा फरक र माथि होइन भनेर बुझ्नुपर्दछ । हामीले प्रकृतिसँग सहज स्वभाविक सम्बन्ध स्थापित गरेर मात्र मानव जीवनलाई सार्थक बनाउदै खुशी र सुखी समाज निर्माण गर्नु नै समाजवाद हो ।
भौतिकवादी दर्शनको विकास :
द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई मानिसको आवश्यकता, चेतना र भौतिक परिवेश अनुरुप विकास गरेर अगाडि बढ्नुपर्छ । यसको उद्देश्य कुनै पनि अस्तित्व, एकाइ वा परिघटनालाई एकपक्षबाट एकांकी रुपमा नहेर्नु, हरेक घटनालाई दुवै कोण र बहुआयामबाट विश्लेषण गर्नु र समष्टिगत रुपमा बुझ्न खोज्नु हो । चेतना र पदार्थ एकअर्काका परिपूरक हुन् । सृष्टिको यो द्वन्द्वात्मक चरित्रले हरेक घटनालाई दुवै कोणबाट हेर्नुपर्ने हुन्छ । राम्रो–नराम्रो, ठीक–बेठीक, सकारात्मक–नकारात्मक आदि कोणबाट हेरिनुपर्दछ । हामीले कल्पना गर्ने समाजवादले पनि यही द्वन्द्वात्मक भौतिकवादी दर्शनसँग जोडिएर बहसको माग गरेको छ । समाजवादी व्यवस्था, सत्ता वा सरकारको अन्त्य त्यति सारै खतरानाक हुँदैन जति खतरनाक हुन्छ– समाजवादी व्यवस्था पश्चात् शोषण, दमन, उत्पीडनबाट मुक्त सुन्दर मानवीय संसार रच्ने भविष्य सहितको सपनाको अन्त्य ।
हो, कस्तो समाजवादी व्यवस्था बनाउने यहीनेर बसह हो । हिजो कम्यूनिष्टहरुको मान्यता थियो । दर्शनशास्त्र, राजनीतिशास्त्र, अर्थशास्त्र र वैज्ञानिक समाजवादलाई मुख्य संघटक अंग मानिने गरिन्थ्यो । तर अहिलेको अवस्थामा यो विश्लेषणले मानव जीवनका समग्र पाटापक्षलाई समेट्न सकेन । विशेषतः मानव जीवनमा एकसाथ हुने अनेक तत्वहरु जस्तैः वर्ग, पहिचान, यौन, ज्ञान, संस्कार आदि तत्व बुझ्न सर्वाङ्गिकतालाई त्यो अपरिहार्य थियो । वर्गसंघर्ष कसरी ‘सभ्यता संघर्ष’ र ‘प्रवृत्ति संघर्ष’ तिर मोडिदै गएको छ भन्ने बुझ्न त्यो दर्शन पर्याप्त थिएन । अहिलेको राजनीतिक र मनोवैज्ञानिक दृष्टिले भौतिकवादमा टेकेर नयाँ समाजवाद निर्माण गर्दा यि विषयमा बहसको आवश्यकता खड्केको छ ।
दर्शनशास्त्र विज्ञानको अन्वेषण र आविष्कारसँग निरपेक्ष र स्वतन्त्र हुँदैन । वैज्ञानिक आइन्स्टाइनको पनि सपना थियो–“समाजवादी व्यवस्थाको स्थापनाबाट शासनतन्त्रलाई अति शक्तिसम्पन्न, प्रभुतापूर्ण र अंहकारी हुनबाट कसरी रोक्न सकिन्छ ? र व्यक्तिका अधिकारहरुको सुरक्षा कसरी हुन सक्छ ।” द्वन्द्वबाट हामीले समृद्धि भनेका छौं, विज्ञानका पछिल्ला आविष्कार र अन्वेषणको आधारमा पदार्थ र चेतनाको स्वभाव सम्बन्धी बुझाइलाई अझ परिमार्जित र विकास गर्नु आवश्यक हुन्छ ।
दर्शनशास्त्र विज्ञानको अन्वेषण र आविष्कारसँग निरपेक्ष र स्वतन्त्र हुँदैन । वैज्ञानिक आइन्स्टाइनको पनि सपना थियो–“समाजवादी व्यवस्थाको स्थापनाबाट शासनतन्त्रलाई अति शक्तिसम्पन्न, प्रभुतापूर्ण र अंहकारी हुनबाट कसरी रोक्न सकिन्छ ? र व्यक्तिका अधिकारहरुको सुरक्षा कसरी हुन सक्छ ।” द्वन्द्वबाट हामीले समृद्धि भनेका छौं, विज्ञानका पछिल्ला आविष्कार र अन्वेषणको आधारमा पदार्थ र चेतनाको स्वभाव सम्बन्धी बुझाइलाई अझ परिमार्जित र विकास गर्नु आवश्यक हुन्छ ।
दर्शनशास्त्रलाई मानिसको बुझाइले निर्माण गर्छ । मानिसको बुझाई कुनै दर्शनमा पुगेर सीमित हुँदैन, यो द्वन्द्वावादको नियम हो । मानिसको बुझाइ, बुझ्ने क्षमता विकास हुँदै जाँदा दर्शन पनि बदलिँदै जान्छ र विकास पनि हुँदै जान्छ । हामीले विज्ञानलाई हेरौं, यो स्थूलबाट सुक्ष्मतर्फ, यान्त्रिकबाट इलोक्ट्रिोनिकतर्फ, मानव तथा यन्त्रचालितबाट स्वचालिततर्फ, विखण्डितबाट सर्वाङ्गकतर्फ, हार्डवयेयरबाट सफ्टवेयरतर्फ, एकल प्रणालीबाट व्यक्तिकृत प्रणालीतर्फ मोडिँदै गएको छ । जसले भौतिकवादी दर्शनहरुको आधारभूत रुपमा विकास गरेर परम्परागत बुझाइलाई अझ परिष्कृत बनाएको पाइन्छ । हामीले विज्ञानको यो विषयलाई एक्काइसौं शताब्दीमा निर्माण गर्ने समाजवादसँग जोडेर हेरिनुपर्दछ ।
समाजवाद निर्माणमा हामीले सिद्धान्त र जीवन केलाई रोज्ने भन्ने प्रश्न पनि उठ्न सक्ला । तर सिद्धान्तले सृष्टिका अंशहरुलाई व्यक्त गर्छ भने जीवनले जगतको सञ्चालन गरिरहेको हुन्छ । तसर्थ, जीवन र सिद्धान्तका बीच अन्र्तविरोध सृजना भइरहन्छ । त्यतिखेर हामीले सिद्धान्त भन्दा जीवनलाई रोज्नुपर्दछ । हामीले भौतिकवादी दर्शनको विकासलाई हेर्दा पुरातन जैविक÷दैविक चिन्तन, यान्त्रिक, आधुनिक औद्योगिक चिन्तनमा मात्र सीमित नरहेर राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा पनि ध्यान पु¥याउनुपर्दछ । हामी एक्काइसौं शताब्दीको पहिलो चरणमा छौं । हामीले विगतका चिन्तन, प्रक्रिया, विश्लेषणबाट अगाडी बढ्नु गलत हुनेछ । हामीले नयाँ युगसँगै एक्काइसौं शताब्दीका विशेषताहरुलाई पहिचान गरी तदनुरुप बसह गर्दै अगाडि बढ्नु नितान्त आवश्यक छ ।
हामीले माक्र्सवादी दर्शन विना समाजवादको कल्पना गर्न सक्दैनौं । माक्र्सको जीवनकालमा कम्यूनिष्ट घोषणा पत्र (सन् १८४८) र साम्यवादी दर्शनका बीचमा ठूला बहसहरु भए । २०औं शताब्दीमा लेनिन, ट्राटस्की, स्टालीन, माओ, कास्त्रो, चे–ग्वेरा सहित अधिक रणनीतिकारहरुले माक्र्सवादी दर्शनको व्यवस्था आ–आफ्ना तरिकाबाट गरेको पाइन्छ । इटलीमा प्रखर माक्र्सवादी व्यवस्थाप्रति असहमति प्रकट गरिएको थियो । वामपंथी इतिहासकार हाब्सवामले आफ्नो पुस्तक माक्र्स, माक्र्सवाद, समाजवाद, साम्यवाद र पुँजीवादबारे ऐतिहासिक विश्लेषण गरेर माक्र्सवाद गतिशिल जीवन दर्शन हो, यसलाई विकास र समृद्धिकरण गर्न सकिने बताएका थिए । यो दर्शनलाई यान्त्रिक दर्शनबाट बुझ्ने र लागू गर्ने भनेको माक्र्सवादबाट विचलित हुनु हो ।
अन्त्यमा, माक्र्सवाद हाब्सवामले भनेजस्तै यथास्थितिमा होइन । यो दर्शन, मनन र बौद्धिकतमा मात्र सीमित नरहेर निरन्तर शक्तिशाली राजनीतिक आन्दोलन पनि हो । २०औं शताब्दीको दशकमा यो शक्तिशाली क्रान्तिकारी दर्शनको रुपमा रह्यो र यसको प्रभाव नेपाल तथा दक्षिण अमेरिकी देशमा पनि बढ्यो । त्यसैले समाज विकास र रुपान्तरणलाई भौतिकवादी भएर सोच्ने र द्वन्द्ववादी भएर बहस गरेर नै नयाँ समाजवाद निर्माण गर्न सकिन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology