Logo

२०८३, आश्विन १०गते


images
images

नवलपरासीमा ११ जना फरार अभियुक्त पक्राउ

नवलपरासीमा ११ जना फरार अभियुक्त पक्राउ

images
  • नवलपरासीमा ११ जना फरार अभियुक्त पक्राउ
    images
    images

    सहबान अन्सारी। नवलपरासीमा बिभिन्न मुद्धामा फरार रहेका ११ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार जिल्ला अदालतबाट २०५२ सालदेखि २०७२ सालसम्मका बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकि तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका वन मुद्धाका ६ जना, गाली बेईजती मुद्धाका १ जना, सवारी अंगभंग मुद्धाका १ जना, जालसाजी मुद्धाका २ जना र सार्वजनिक मुद्धाका १ जना गरी जम्मा ११ जना फरार अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।

    images
    images
    images

    जिल्लाको रामग्राम नगरपालिका अन्तर्गतको एरियाबाट ४ जना, सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट ३ जना र बर्दघाट नगरपालिका अन्तर्गतको एरियाबाट ४ जना फरार अभियुक्त पक्राउ गरीएको हो । जिल्ला अदालतको लगत अनुसार प्रक्राउ पर्नेमा अधिकतम सजाय वन मुद्धाका ३ जना अभियुक्तको जनही १ महिना कैद र १७ हजार ९ सय बिस रुपैयाँ जरीवाना तोकिएको छ भने न्यूनतम सजाय गाली बेईजती मुद्धाका एक जना अभियुक्तको ३२ रुपैयाँ जरीवाना रहेको छ ।

    images
    images
    images

    पक्राउ परेका ११ जना अभियुक्तहरुको एकमुष्ट जम्मा सजाय ४ महिना १० दिन कैद र ७७ हजार २ सय ४९ रुपैयाँ जरिवाना रहेको छ । पक्राउ गरीएका सबै ११ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट लगत अनुसारको कारबाही भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। मङ्सिर २८ गतेदेखि हासम्म बिभिन्न मुद्धाका ८० जना फरार अभियुक्त जिल्लाको बिभिन्न स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला अदालतमा पेश गरिएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जिल्ला अदालत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।