Logo

२०८३, आश्विन ९गते


images
images

मूल्यवान सहकारीको १२ औं बार्षिक साधारण सम्पन्न, उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड

मूल्यवान सहकारीको १२ औं बार्षिक साधारण सम्पन्न, उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड

images
  • मूल्यवान सहकारीको १२ औं बार्षिक साधारण सम्पन्न, उत्पादनको क्षेत्रमा लगानी गर्नुपर्नेमा  जोड
    images
    images

    देवदह । मूल्यवान बचत तथा ऋण सहकारी संस्था देवदहको १२ औं बार्षिक साधारण सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गोविन्दबहादुर ठडराईको अध्यक्षता र सहकारी महासंघका संचालक टिका गौतमको प्रमुख आतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएको हो ।

    images
    images
    images

    सो अवसरमा बोल्दै सहकारी महासंघका संचालक गौतमले देशको आर्थिक विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेको बताइन् । उनले सहकारीको माध्यमबाट सङ्कलन भएको स-साना पुजीलाई उत्पादनको क्षेत्रमा लगानी गर्न सके आर्थिक विकासहुनेमा जोड दिइन् । उनले शेयर सदस्यहरुले सहकारीमा जम्मा गरेको रकम उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने भएपनि अन्यत्र लगानी गर्दा केही सहकारीमा समस्या देखिने गरेको बताइन् ।

    images
    images
    images

    गौतमले सहकारीको मालिक शेयर सदस्य भएको बताउदै शेयर सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्न आवश्यक रहेको बताइन् । उनले  सहकारीहरुले बार्षिक रुपमा गर्ने साधारण सभा शेयर सदस्य केन्द्रित गर्न आवश्यक रहेको बताइन् । संचालक गौतमले शेयर सदस्यलाई उद्यमी संग जोड्नु पर्ने बताउदै शेयर सदस्यले बचत गरेको रकम संरक्षण गर्ने दायित्व संचालक समितिको रहेको बताइन् । उनले सहकारीहरु नीति, विद्यि र परिधीमा रहेर संचालन गर्न आवश्यक रहेकोमा जोड दिइन् ।

    images
    images
    images

    कार्यक्रममा देवदह नगरपालिका–१०, का वडाअध्यक्ष यकबहादुर सुनार, सहकारी सञ्जाल देवदहका अध्यक्ष जागेश्वर पंगेनी, सुनचाँदी व्यवसायी महिला संघ देवदहका अध्यक्ष सुजाता गहतराज, परियार सेवा समाजका अध्यक्ष निर्मल सुनाम, सल्लाहकार दिलकुमार विक लगायतले बोलेका थिए ।

    कार्यक्रममा अध्यक्ष ठडराईले बार्षिक प्रतिवेदन, सचिव राधा खड्काले प्रगति प्रतिवेदन, कोषाध्यक्ष विकास गहतराजले आर्थिक प्रतिवेदन र लेखा संयोजक होमबहादुर सुनारले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि, जेष्ठ शेयर सदस्य, वाल बचतकर्ता, उत्कृष्ट संचालकलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष गणेश विकको स्वागत र व्यवस्थापक नरबहादुर नेपालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।