Logo

२०८३, आश्विन ९गते


images
images

साहित्य

कथा : मोबाइलको जालो

कथा : मोबाइलको जालो

images
  • कथा : मोबाइलको जालो
    images
    images

    देवदह नगरपालिकाको एउटा सानो टोलमा कक्षा ८ मा पढ्ने भिजन भन्ने बालक बस्थे । भिजन पढाइमा अब्बल थिए । तर उनलाई साथीहरुले नयाँ मोबाइल देखाएपछि मोबाइप्रतिको आकर्षण बढ्न थाल्यो । सुरु सुरुमा उनले मोबाइललाई मात्र पढाइमा प्रयोग गर्ने बहाना गर्थे, गुगलमा गृहकार्य खोज्ने, अंग्रेजी शब्दको अर्थ हेर्ने वा विज्ञान तथा गणित विषयका समस्या समाधान गर्ने गर्थे । तर विस्तारै मोबाइल उनको साथीभन्दा नजिक र किताब भन्दा प्रिय हुन थाल्यो । 

    images
    images
    images

    सामाजिक सञ्जालको दुनियाँप्रति उनलाई झन् लोभ लाग्न थाल्यो । टिकटकमा छोटा भिडियोहरु, फेसबुकमा साथीहरुको फोटो, अनि युट्युबमा विभिन्न गेमिङ भिडियोहरु हेर्दा उनलाई समय कसरी बित्थ्यो थाहा नै हुँदैनथ्यो । बिहान विद्यालय जाने तयारी गर्ने समयमा पनि उनी मोबाइल हेर्दै बस्ने, गृहकार्य अपूरो नै छोड्ने, अनि बिहान–बेलुकी खाने बेलामा समेत टाउको मोबाइलमै गाडेर बस्ने गर्थे । यसको असर विस्तारै उनको पढाइमा देखिन थाल्यो । पहिले कक्षामा ध्यानपूर्वक सुन्ने भिजन अब शिक्षकको प्रश्नमा अनुत्तरित बस्न थाले । उनको अंक घट्दै गयो, तर त्यो मोबाइलकै कारण हो भन्ने महसुस उनले गर्न सकेनन् । बरु उनले साथीहरुलाई देखाउनकै लागि मोबाइलमा अझ नयाँ नयाँ एपहरु डाउनलोड गर्न थाले । 

    images
    images
    images

    मोबाइलले उनको जीवनमा अर्को ठूलो समस्या पनि ल्यायो, अनलाइन खेल सुरुमा रमाइलो लाग्ने यो खेल पछि उनको मानसिक स्वास्थ्यमा असर पार्न थाल्यो । उनी रिसाउने, घरमा अभिभावकको कुरा नसुन्ने, साना साना कुरामा चिच्याउने, झर्किने, एकान्त रुचाउने, साथीभाइ आफन्त कोही नचाहिने जस्ता बानीहरुमा उनी अभ्यस्त हुन थाले । आमाबाबु हैरान भए, तर अभिभावकहरुले पनि मोबाइलप्रतिको आकर्षणलाई पूरै बुझ्न सक्दैनथे । 

    images
    images
    images

    एक दिन विद्यालयमा “बालबालिकामाथि मोबाइलको असर” भन्ने विषयमा विशेष कार्यक्रम राखियो । कार्यक्रममा एउटा डाक्टरले भने “मोबाइल हाम्रो लागि सुविधा हो, तर यसको दुरुपयोगले बालबालिकाको दिमागमा नकरात्मक असर पार्छ । अत्याधिक प्रयोगले पढाइ बिगार्छ, आँखा कमजोर हुन्छ, निन्द्रामा समस्या आउँछ र सामाजिक सम्बन्ध टुट्न सक्छ ।” त्यो दिन भिजनको शिक्षकले पनि उनलाई छुट्टै बोलाएर भने, “ भिजन, मोबाइलले तिमीलाई ज्ञान दिन सक्छ तर तिमीले यसलाई नियन्त्रण गर्नुपर्छ, नत्र यसले तिमीलाई नियन्त्रण गर्छ ।” यी कुराहरुले भिजनको मनमा छोयो । घर फकिएपछि उनी धेरैबेर सोंचमा डुबे । उनको सानैदेखिको सपना डाक्टर बन्ने थियो, तर अहिलेको जीवनशैलीले त्यो सपना टाढा धकेलिरहेको छ भन्ने उनलाई महसुस भयो ।  

    त्यसपछि भिजनले मोबाइल प्रयोग गर्ने समयलाई कम गर्न थाले । गृहकार्य सकेपछि मात्र आधा घण्टा सामाजिक सञ्जाल प्रयोग गर्ने, गेमलाई पुरै बन्द गर्ने, अनि पढाइ, खेलकुद र परिवारसँग समय बिताउने गरी उनले नियम बनाए । सुरुमा गाह्रो भएपनि विस्तारै उनी मोबाइलको लतबाट बाहिर निस्कन सफल भए । उनको पढाई फेरि राम्रो हुन थाल्यो, आमाबाबुसँगको सम्बन्ध न्यानो भयो र उनी विद्यालयमा पनि अनुकरणीय विद्यार्थी बन्न सफल भए ।  
    यस कथाबाट सिकिन्छ की मोबाइल स्वयम् खराब होइन, समस्या यसको दुरुपयोग हो । मोबाइललाई सजग भएर प्रयोग गरियो भने यो ज्ञानको खानी हो तर नियन्त्रणबिना प्रयोग गरियो भने त्यसले भविष्य नै बर्बाद पार्न सक्छ । बालबालिकाले मोबाइललाई साधनको रुपमा प्रयोग गर्न सक्नुपर्छ, लतको रुपमा होइन । 

    विनोद थापा मगर 
    प्रिन्सिपल 
    न्यू लुम्बिनी ई. बो.स्कुल, देवदह ५, खैरेनी

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।