Logo

२०८३, श्रावण २७गते


images
images

कांग्रेस बैठक

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक : संसद् विघटन असंवैधानिक ठहर

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक : संसद् विघटन असंवैधानिक ठहर

images
  • नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक : संसद् विघटन असंवैधानिक ठहर
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले संसद् विघटन असंवैधानिक रहेको ठहर गरेको छ । शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको बैठकले संसद् विघटन संविधान विपरीत भएको भन्दै यसबारे अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    बैठकले दशैंअघि नै केन्द्रीय समिति बैठक बोलाउने तयारीसमेत गरेको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि कांग्रेसको यो पहिलो औपचारिक बैठक हो । आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गरी पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त पारेका कारण त्यही क्षतिग्रस्त भवनमै उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसेको हो ।

    images
    images
    images

    यसअघि आन्दोलनपछि कार्यसम्पादन समितिको बैठक एकपटक मात्र भर्चुअल रूपमा बसेको थियो । जेनजी आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा र उनकी पत्नीमाथि आक्रमण भई कुटपिट भएको थियो । उनीहरू हाल उपचाररत छन् । त्यस्तै आन्दोलनकै दौरान कांग्रेसका अन्य शीर्ष नेताहरूका घरमा समेत क्षति पुगेको थियो ।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।