Logo

२०८३, आश्विन ९गते


images
images

रोबोटको युग

मानवजस्तै ह्युमनोइड रोबोटको समय सुरु, चीन र अमेरिकामा तीव्र विकास

मानवजस्तै ह्युमनोइड रोबोटको समय सुरु, चीन र अमेरिकामा तीव्र विकास

images
  • मानवजस्तै ह्युमनोइड रोबोटको समय सुरु, चीन र अमेरिकामा तीव्र विकास
    images
    images

    काठमाडौँ । विगत धेरै वर्षदेखि रोबोटहरू बजारमा आइरहेका छन् । तर अहिलेसम्म तिनीहरू मानिससँग प्रतिस्पर्धा गर्न सकेका छैनन् । चीन र अमेरिकाका ठूला रोबोट कम्पनीहरूले भविष्यमा मानिससँग प्रतिष्पर्धा गर्ने रोबोट बनाउन जुटेका छन् । ह्युमनोइड रोबोट बनाउने कम्पनीहरूले अब आफ्ना उत्पादनहरू धेरैजसो क्षेत्रमा प्रयोग गर्न सकिने गरी डिजाइन गरेका छन् ।

    images
    images
    images

    केही विज्ञहरू विश्वास गर्छन् कि यी रोबोटहरूको विशेष क्षण आएको छ, जसरी च्याटजीपीटीको समय आएको थियो । यसको श्रेय एआईलाई दिइँदैछ, यो प्रविधिले ह्युमनोइड रोबोटहरूलाई यति बुद्धिमान बनाएको छ कि अब यी रोबोटहरू मानिस जस्तै देखिन्छन् र हिँड्छन् र काम गर्न सक्छन ।

    images
    images
    images

    प्राविधिक रूपमा यस वर्ष ह्युमनोइड रोबोटहरूले धेरै प्रगति गरेका छन् । यी रोबोटहरू मानिस जस्तै देखिन र हिँड्न थालेका छन्, साथै कारखाना र अन्य क्षेत्रमा पनि काम गर्न थालेका छन् । बेइजिङस्थित ह्युमनोइड रोबोटिक्स इनोभेसन सेन्टरका महाप्रबन्धक सियोङ युजुनले च्याटजीपीटी जस्ता ह्युमनोइड रोबोटहरूको समय आएको विश्वास गरिएको बताएका छन् ।

    images
    images
    images

    यस वर्ष, ह्युमनोइड रोबोटहरूको शरीर र एआईद्वारा सञ्चालित दिमागमा द्रुत सुधार भएको छ । च्याटजिपिटीको विशेष क्षण २०२२ को अन्त्यमा आयो, जब ओपनएआईले यसलाई सुरु गर्यो । यसपछि, ठूला भाषा मोडेलहरूको प्रसिद्धि बढ्यो र यसलाई ठूलो मात्रामा प्रयोग गर्न थालियो । ह्युमनोइड रोबोटहरूसँग पनि यस्तै केही हुनेवाला छ ।

    अमेरिकामा टेस्लाको अप्टिमस रोबोट र चीनमा युनिटरी, ग्यालबोट र युबीटेक जस्ता कम्पनीहरूले आफ्नो रोबोटहरू ठूलो मात्रामा विकास गरेका छन् र बजारमा ल्याइरहेका छन् । यी कम्पनीहरूले उनीहरूको प्रविधि अब संसारमा प्रभुत्व जमाउन तयार रहेको बताइएको छ । चीनमा ग्यालबोटका प्रमुख रणनीति अधिकारी झाओ युलीले उनको कम्पनीले विभिन्न ठाउँमा काम गर्न लगभग १,००० रोबोटहरू तैनाथ गरेको बताएकी छन् ।

    यी रोबोटहरू कारखाना र अन्य व्यावसायिक क्षेत्रमा काम गरिरहेका छन् । युबीटेक र ग्यालबोटले आफ्ना स्थानीय कारखानाहरूमा रोबोटहरूलाई रोजगारी दिएका छन् । यसबाहेक, यी रोबोटहरू म्याराथन र बक्सिङ जस्ता खेलहरू खेलिरहेको पनि देखिएको छ ।

    मानवजस्तै रोबोटको प्रयोग अझै पनि केही हदसम्म खतरनाक मानिन्छ । युबीटेकका सियोङ रोबोटको कानून र नियमनसँग सम्बन्धित समस्याहरू समाधान गर्न अझै आवश्यक रहेको विश्वास गर्छन् । उनले २०६० सम्ममा विश्वमा रोबोटको संख्या ३ अर्ब पुग्न सक्ने ठूलो दाबी गरेका छन् । यसको अर्थ भविष्यमा रोबोटको क्रेज पनि एआई जस्तै हुन सक्ने बताइएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आयो रोबोटको समय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।