Logo

२०८३, श्रावण २७गते


images
images

पैसाकै लागि परिक्षा, स्कुल बन्द तर ट्युसन जारी, माड्सा'व यसरी रोकिन्छ महामारी ?  

पैसाकै लागि परिक्षा, स्कुल बन्द तर ट्युसन जारी, माड्सा'व यसरी रोकिन्छ महामारी ?  

images
  • पैसाकै लागि परिक्षा, स्कुल बन्द तर ट्युसन जारी, माड्सा'व यसरी रोकिन्छ महामारी ?  
    images
    images

    कोभिड -१९ को खतरा बढ्दै गएको निष्कर्ष सहित स्वास्थ्य मन्त्रालय, कोभिड -१९ बिपद् व्यवस्थापन केन्द्र (सिसिएम्सी), संघीय मन्त्रीपरिषद हुँदै जिल्ला प्रशासनको जिल्ला बिपद ब्यबस्थापन समितिले समेत सजग रहन, प्रत्यक्ष पठन पाठन बन्द गर्न, धेरै मान्छे भेला नहुन, सम्भव भए जति सुरक्षाका उपाय अपनाउन बारम्बार अनुरोध गरि नै रहेका छन । र, मुलतः ती सबै अनुरोध शिक्षण संस्थामा केन्द्रित छन । जसको कारण हो - कलिला बालबालिका जो सयौं र हजारौंको संख्यामा एक ठाउँमा उपस्थित भइ पढाइ लगाएतका दैनिक क्रियाकलाप गर्छन, उनीहरुको स्वास्थ्यलाइ पहिलो प्राथमिकतामा राखिनु । जुन अत्यन्तै बैज्ञानिक पनि हो ।

    images
    images
    images

    एक निजि स्कुलमा होस्टेलमा पठनपाठन गराइरहेको र सोही क्रममा छाती दुख्ने लगायतका समस्याका कारण कक्षा १० मा अध्ययनरत १६ बर्षिया छात्रा प्रतिभा सापकोटाले ज्यान गुमाएको दु:खद घटनालाई उदाहरणको रुपमा लिन सकिन्छ ।

    images
    images
    images

    यद्यपि स्थानीय तहसम्म आइपुग्दा केन्द्रिय सरकारको उक्त स्प्रीट अनुसार काम भएको पाइदैन । हिजो मात्रै रुपन्देहीको नयाँमिलस्थित एक निजि स्कुलमा होस्टेलमा पठनपाठन गराइरहेको र सोही क्रममा छाती दुख्ने लगायतका समस्याका कारण कक्षा १० मा अध्ययनरत १६ बर्षिया छात्रा प्रतिभा सापकोटाले ज्यान गुमाएको दु:खद घटनालाई उदाहरणको रुपमा लिन सकिन्छ ।

    images
    images
    images

    जनस्वास्थ्य भन्दा विद्यालयको अर्थोपार्जनबारे चिन्तित स्थानीय सरकार

    तीन तहको सरकार मध्यको शक्तिशाली सरकार जसमा शक्तिशाली  शिक्षा समिती हुन्छ । जसलाइ उक्त सरकारका प्रमुख ( नगर प्रमुख /गाउँपालिका अध्यक्ष) ले नेतृत्व गरेका हुन्छन । स्थानीय संघसंस्थासंग घुलेका उनीहरुका दु:ख पीडा समेत बुझेका तिनै स्थानीय सरकार प्रमुख यतिबेला कलिला बच्चाको मात्र नभएर आम जनसमुदायको स्वास्थ्यबारे भन्दा आफ्नो स्थानीय तहमा संचालित संस्थागत/सामुदायिक शिक्षण संस्थाहरुहरुको आर्थिक अवस्थाबारे बढी चिन्तित देखिएको देखिन्छ । जसको कारण; केन्द्रीय सरकारले जारी गरेका निर्देशनहरु स्थानीय तहमा उहीँ भावमा कार्यान्वयन हुन सकेको छैनन् ।

    विद्यालयको परिक्षा मोह केका लागि ?

    अधिकांश बिद्यालयले भर्खर परिक्षा सकाएर परिक्षाफल जारी नगरेको अवस्था छ त कतिपयले एउटा परिक्षा नसकिदै गर्दा यो परिक्षा सकिएको अर्को वा केही दिनमै फेरि अर्को परिक्षा हुने भन्दै उक्त परिक्षाको तयारीमा विद्यार्थीलाई होमेका छन । कतिसम्म भने कुनै कुनै बिद्यालयले एकै दिन २ वा दुई भन्दा बढी बिषयको परिक्षा समेत गराएर विद्यार्थी र अभिभावकलाई चर्को मानसिक दवावमा धकेल्दै आफ्नो दुनो सोझ्याउने योजनाको अन्तिम चरणमा प्रबेश गर्दैछन ।

    बिद्यालयले परिक्षा मोह देखाउनुको एउटै कारण हो - द्रब्य । परिक्षाको कारण देखाउदै शुल्क असुल्ने । पुरानो बाँकी रहेको मासिक लगायतको शुल्क नतिरे परिक्षा रोकाइदिने धम्की सहित बाकी रहेको सबै शुल्क पनि असुल्न पाइने र लटरपटर परिक्षा सकाएर चालू बैशाख महिनाको शुल्क पनि उठाउँन पाइने भएपछी बिद्यालयहरुले परिक्षा मोह नदेखाएर के देखाउँछन त ? 

    यसरी बिद्यालयले परिक्षा मोह देखाउनुको एउटै कारण हो - द्रब्य । परिक्षाको कारण देखाउदै शुल्क असुल्ने । पुरानो बाँकी रहेको मासिक लगायतको शुल्क नतिरे परिक्षा रोकाइदिने धम्की सहित बाकी रहेको सबै शुल्क पनि असुल्न पाइने र लटरपटर परिक्षा सकाएर चालू बैशाख महिनाको शुल्क पनि उठाउँन पाइने भएपछी बिद्यालयहरुले परिक्षा मोह नदेखाएर के देखाउँछन त ? 

    अधिकांश सामूदायिक बिद्यालयमा निजि श्रोतबाट तलव खुवाइने शिक्षक/शिक्षिका छन र उनीहरुलाइ तलब खुवाउनु छ भने नाफा कमाउनकै लागि शिक्षामा लगानी गरेका निजि शिक्षण संस्थाका संचालकले त आफ्नो नाफा गुम्न नदिन यस प्रकारका हर्कत गरिनु उनीहरुका लागि सामान्य नै हो ।

    उनीहरुलाइ विद्यार्थीको मुल्यांकन नै चाहिएको हुन्थ्यो भने भर्खर सकिएको परिक्षा कै नतिजालाइ पनि मान्न सकिन्थ्यो । परिक्षा  बिनै 'एसइइ' को नतिजा समेत सार्वजनिक भएको आलो बिगत हाम्रो सामु रहेको अवस्थाले विद्यार्थीको मुल्यांकनको लागि परिक्षा नै गरिनुपर्छ भन्ने कुरा अवैज्ञानिक हो भन्ने प्रमाणित गर्छ ।

    स्कुल बन्द तर कोचिङ्ग र ट्युसन चालू 

    आज पनि अधिकांश बिद्यालयले कोचिङ्ग र ट्युसन क्लास जारी राखेका छन । निजि मात्र नभएर सामूदायीक बिद्यालयमा समेत यस प्रकारको अभ्यास गरिदैं आइएको छ । 

    शिक्षण आफैमा बौद्धिकहरुको पेशा हो भनिन्छ । यदि त्यसो हो भने हाम्रा बौद्धिक शिक्षक-शिक्षिकाले नियमित पठनपाठनमा जोखिम हुने कोरोना भाइरसलाई ट्युसन क्लासमा प्रबेश निषेध नै गरेका हुन त ? होइन भने बिहान वा साँझ, नियमित वा ट्युसन जहाँ पनि कोरोनाको जोखिम त उहीँ हुनुपर्ने होइन र? कि ट्युसन र कोचिङ्ग क्लासमा कोरोना सिधै नछिरी 'मे आइ कम इन सर/म्याम' भन्दै आउने उक्त कोरोना भाइरसलाइ हाम्रा महान सर/म्यामहरुले  'नो स्ट्याण्ड ओभर देयर अर गो ब्याक टू योर होम' भन्दै फिर्ता पठाउने गरेका छन ?

    निष्कर्ष:

    पुराना बुवा आमाहरुले अहिलेपनी शिक्षकलाई मास्टर वा सम्मान गरेर माड्सा'व समेत भन्ने गर्नुहुन्छ । शिक्षा आफैमा सम्मानित पेशा हो । शिक्षक शिक्षिका समाजका रोलमोडल हुन् र हुनुपर्छ । तर, यदि तिनै माड्सा'वहरुले आफ्नो खल्ती भर्न वा कतिपय अवस्थामा आफ्नो मुखमा माड हाल्नकै लागि कलिला मुनाहरुको स्वास्थ्यमाथि लापरबाही गर्छन र उनीहरुलाइ जवर्जस्ती मृत्युको मुखमा धकेल्छन भने उनीहरुलाइ सम्मान गरेर भनिने माड्सा'वको अर्थ मास्टरसा'व नभए मुखमा माड हाल्नकै लागि काम गर्ने माड-सा'वमा बदलिने खतरा बढ्दै गएको तर्फ शिक्षण पेशामा संलग्नहरु सचेत हुन जरुरी छ ।

    ✍️ बिष्णु पोखरेल ( bishnu6p@gmail.com )

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।