काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र सर्वोच्चको व्याख्या विपरीत भन्दै आपत्ति जनाएको छ । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कार्यसम्पादन समितिको बैठकले यो कदमले लोकतान्त्रिक उपलब्धि धरापमा परेको र जेनजी आन्दोलनको मर्ममाथि असर पर्ने आशंका व्यक्त गरेको छ ।
कांग्रेसले घटनाबारे छानबिन गरी दोषीलाई कारबाही गर्न, संविधानसभाले निर्माण गरेका उपलब्धि जोगाउन र संवैधानिक रिक्तताबाट लोकतान्त्रिक उपलब्धि उल्ट्याउने दुस्साहस हुन नदिन सबै सचेत रहन आग्रह गरेको छ ।
बैठकले जेनजीले प्रस्ताव गरेको व्यक्तिलाई नै अन्तरिम सरकारको नेतृत्व दिनुपर्ने निर्णय गर्दै, आवश्यक भए संसदमार्फत संविधान संशोधन गरी अन्तरिम सरकारलाई वैधानिक बनाउन सकिने सुझाव दिएको छ । कांग्रेसले संविधान र लोकतन्त्रलाई जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology