काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई ‘न दाजुको, न भाइको, कांग्रेसजनको’ भन्दै कार्यकर्तालाई जनताको केन्द्रमा बस्ने अभियानमा लाग्न आग्रह गरेका छन् ।
शनिबार विज्ञप्ति जारी गर्दै उनले सत्ताको वा पार्टीको केन्द्रभन्दा जनताको भरोसा जित्नुपर्नेमा जोड दिए । कोइरालाले कांग्रेसभित्र नेतृत्व, संगठन र विचारमा नयाँपन ल्याउन देशव्यापी बहस र छलफल आवश्यक रहेको उल्लेख गरे ।
जेनजी आन्दोलनका नाममा भएको लुटपाट, आगजनी र असभ्य व्यवहारलाई उनले समाज परिवर्तन नभई अपराध भनेका छन् । साथै, कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नीमाथि भएको आक्रमणलाई जघन्य अपराधको कोटीमा राख्दै कडा निन्दा गरेका छन् ।
उनले विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले देखाएको पदचिन्हलाई पछ्याउँदै नयाँ परिस्थितिमा कांग्रेसलाई अघि बढाउन सबै कार्यकर्तालाई आव्हान गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology