Logo

२०८३, श्रावण २७गते


images
images

खुला महिला केन्द्रीय सदस्यमा डिलाको अग्रता, आरजु तेस्रो

खुला महिला केन्द्रीय सदस्यमा डिलाको अग्रता, आरजु तेस्रो

images
  • खुला महिला केन्द्रीय सदस्यमा डिलाको अग्रता, आरजु तेस्रो
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुल्ला महिला तर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ । कांग्रेस विधानअनुसार खुल्ला महिला केन्द्रीय सदस्यमा ९ जना निर्वाचित हुनेछन् ।

    images
    images
    images

    यसतर्फ प्रारम्भिक मतगणना डा.डिला संग्रौलाले अग्रता हासिल गरेकी छिन् । पहिलो ७ सय मत गन्दा डिलाले ४ सय १८ मत ल्याएकी छिन् । त्यस्तै दोस्रो स्थानमा कांग्रेस सचेतक पुष्पा भूसाल रहेकी छिन् । उनले ४ सय मत प्राप्त गरेकी छिन् ।

    images
    images
    images

    तेस्रो स्थानमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा रहेकी छिन् । उनले ३ सय ५६ मत ल्याएकी छिन् । ईश्वरी न्यौपाने ३ सय २४ मतसहित चौथो, अम्बिका बस्नेत ३ सय २२ मतसहित पाँचौ र सरिता प्रसाइँ ३ सय २० मतसहित छैटौ स्थानमा छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।