Logo

२०८३, आश्विन ९गते


images
images

राष्ट्र बैंकको निर्देशन

सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सुचारू गर्न राष्ट्र बैंकको निर्देशन

सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सुचारू गर्न राष्ट्र बैंकको निर्देशन

images
  • सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सुचारू गर्न राष्ट्र बैंकको निर्देशन
    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको छ ।

    images
    images
    images

    शुक्रबार राष्ट्र बैंकले नेपाली सेनाले जारी गरेको निर्देशनका आधारमा आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न निर्देशन दिएको हो ।

    images
    images
    images

    राष्ट्र बैंकले भनेको छ ‘यस बैंकबाट इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै नेपाल सरकार, रक्षा मन्त्रालय, नेपाली सेनाको मिति २०८२/०५/२६ मा जारी विज्ञप्ति नं. १७ अनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना सम्वेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्नुहुन र अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एसेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउनुहुन साथै सञ्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेभ साइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउनुहुन यो सूचना जारी गरिएको छ ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।