देवदह । देवदह नगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा भोलि (मंगलवार) विदा हुने भएको छ । देशमा पछिल्लो समयमा विकसित घटनाक्रमका कारण विद्यालय बन्द गरिएको नगर शिक्षा शाखाले जनाएको छ ।
देवदह नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनामा बन्दको कारणले हुने शैक्षिक क्षति संचित वर्षे बिदाबाट मिलान गरिने उल्लेख छ ।
शाखाले अभिभावकसँग समन्वय गरी विद्यार्थीहरू विषम परिस्थितिमा घरमै सुरक्षित रहेको सुनिश्चित गर्न सबै विद्यालयलाई आग्रह गरेको छ ।