Logo

२०८३, आश्विन ९गते


images
images

उपाध्यक्ष डा. लामाद्वारा श्रीलंकाका पूर्व विदेश मन्त्री पिरिसलाई लुम्बिनीमा स्वागत

उपाध्यक्ष डा. लामाद्वारा श्रीलंकाका पूर्व विदेश मन्त्री पिरिसलाई लुम्बिनीमा स्वागत

images
  • उपाध्यक्ष डा. लामाद्वारा श्रीलंकाका पूर्व विदेश मन्त्री पिरिसलाई लुम्बिनीमा स्वागत
    images
    images

    लुम्बिनी । श्रीलंकाका पूर्व विदेश मामिला मन्त्री गामिनी लक्ष्मण पिरिसले आइतबार विहान भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको ऐतिहासिक स्थलहरूको दर्शन तथा अवलोकन गरेका छन् । विशेष प्रतिनिधि टोलीसहित लुम्बिनी आएका पिरिसलाई लुम्बिनी विकास कोषका कार्यकारी उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमेछिङ्ग), सदस्यसचिव शानुराजा शाक्या र कार्यकारी सदस्य श्याम रोक्काले कोषको कार्यालयमा औपचारिक स्वागत गरेका थिए ।

    images
    images
    images

    स्वागत भेटमा उपाध्यक्ष डा. लामाले बुद्धको सन्देश केवल नेपाल र श्रीलंका मात्र होइन, सम्पूर्ण विश्वका लागि प्रेरणाको स्रोत भएको बताए । पूर्व मन्त्री पिरिसले भने लुम्बिनीलाई अन्तर्राष्ट्रिय तीर्थस्थलका रूपमा प्रचार–प्रसार गर्न लुम्बिनी विकास कोषले खेलेको भूमिकाको प्रशंसा गरे ।

    images
    images
    images

    त्यस अवसरमा डा. लामाले लुम्बिनी विकास कोषले सञ्चालन गरिरहेका गुरुयोजना कार्यहरू, निर्माणाधीन संरचना र भविष्यका योजनाबारे जानकारी दिए । उनले अन्तर्राष्ट्रिय समुदायको सहकार्य र मित्र राष्ट्रहरूको समर्थनले लुम्बिनीको विकासलाई अझ प्रभावकारी बनाउन सकिने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    नेपाल र श्रीलंकाबीचको ऐतिहासिक तथा धार्मिक सम्बन्धलाई जोड्दै दुवै देशबीच बुद्ध दर्शन, सांस्कृतिक सम्पदा संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा सहकार्य गर्न सकिने विषयमा पनि छलफल भएको थियो ।

    भर्खरै विदेश मामिलाको कार्यकाल पूरा गरेका पिरिसले श्रीलंकाको राजनीति र शासनमा तीन दशकभन्दा बढी समय बिताएका छन् । उनले यसअघि शिक्षा, निर्यात विकास तथा अन्तर्राष्ट्रिय व्यापार, न्याय तथा संवैधानिक मामिला, जातीय मामिला तथा राष्ट्रिय एकीकरण, उद्यम विकास, लगानी प्रवर्द्धन तथा औद्योगिक नीति र वित्त लगायतका मन्त्रालय सम्हालेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।