Logo

२०८३, आश्विन ९गते


images
images

सामाजिक संजाल प्रतिबन्ध

डिएनएस परिवर्तन गरेर पनि सामाजिक सञ्जाल चल्न छोडे

डिएनएस परिवर्तन गरेर पनि सामाजिक सञ्जाल चल्न छोडे

images
  • डिएनएस परिवर्तन गरेर पनि सामाजिक सञ्जाल चल्न छोडे
    images
    images

    काठमाडौँ । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय पछि अहिले यो क्रमश कार्यान्वयनको क्रममा रहेको छ । बिहीबार सरकारको निर्देशनपछि अहिलेसम्म फेसबुक, युट्युब, इन्स्टाग्राम, म्यासेन्जर, ह्वाट्सएप जस्ता चर्चित सामाजिक सञ्जाल नेपलमा निष्क्रिय भएका छन् ।

    images
    images
    images

    चर्चित सामाजिक सञ्जाल बन्द भएपछि अहिले वैकल्पिक उपाय खोजी भैरहेको बेला डिएनएस परिवर्तन गरेर क्लाउडफेयर र गुगलको डिएनएस प्रयोग गरेर सामाजिक सञ्जाल चलाईरहेको देखिएको छ । तर अब सरकारले यसमा पनि कडाई गर्न शुरु गरेको छ । इन्टरनेट सेवा प्रदायकले डिएनएस परिवर्तन गरेर पनि नचल्ने बनाउन शुरु गरेका छन् ।

    images
    images
    images

    इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले हाल प्रतिबन्धका बाबजुत सामाजिक सञ्जाल चलाइरहेको डिएनएस ठेगानामा पनि निष्क्रिय गर्न शुरु गरेका छन् ।

    images
    images
    images

    सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि नेपालमा भीपीएन र डीएनएस सेटिङ परिवर्तन गरेर चलाइरहेकोमा अब त्यसमा क्रमश: ति आइपी ठेगाना पत्ता लगाउदै बन्द गर्न शुरु गरिएको छ ।

    सरकारको निर्णय अनुसार नेपाल दूर सञ्चार प्राधिकरणले फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिङ्क्डइन, स्यानपच्याट, रेड्डीट, डिस्कर्ड, पिनट्रेस्ट, सिग्नल, थ्रेड, वीच्याट, कोरा, टम्बलर, क्लबह्वाउस, मास्टोडन, रम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई निष्क्रिय बनाउन निर्देशन दिएको थियो ।

    प्राधिकरणको निर्देशनपछि हाम्रो पात्रोले दर्ता प्रक्रिया पुरा गरेको छ भने एलन मस्कको एक्सले औपचारिक रुपमा दर्ता प्रक्रिया बारे जानकारी मागेको छ । त्यस्तै फेसबुकको मूल कम्पनि मेटाले भने अनौपचारिक रुपमा दर्ता प्रक्रिया बारे जानकारी लिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।