Logo

२०८३, आश्विन ९गते


images
images

सामुदायिक वन

बुद्ध सामुदायिक वनको बजेट १ करोड ८५ लाख, २९ बुँदे वार्षिक योजना

बुद्ध सामुदायिक वनको बजेट १ करोड ८५ लाख, २९ बुँदे वार्षिक योजना

images
  • बुद्ध सामुदायिक वनको बजेट १ करोड ८५ लाख, २९ बुँदे वार्षिक योजना
    images
    images

    देवदह । बुद्ध सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८२/०८३ का लागि एक करोड ८५ लाख ६५ हजार ७० रुपैयाँ बराबरको अनुमानित आय–व्यय प्रस्तुत गरेको छ । शनिवार सम्पन्न १४औँ वार्षिक साधारणसभाले वनका अध्यक्ष टेकबहादुर रानाले प्रस्तुत गरेको २९ बुँदे आगामी कार्यक्रमसहित सबै प्रतिवेदन पारित गरेको जनाइएको छ । 
     
    वनले यस वर्ष वन क्षेत्रभित्र झाडी सरसफाइ, थिनिङ–पुनिङ, पुराना अग्निरेखा सफा गर्ने तथा नयाँ अग्निरेखा निर्माणलाई प्राथमिकता दिएको छ । गौतम बुद्ध राष्ट्रिय उद्यान निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग बजेट माग्ने, विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने, महिला सशक्तीकरण तालिम सञ्चालन गर्ने, विपद् कोष व्यवस्थापन गर्ने, खेलकुद तथा सामाजिक क्षेत्रमा सहयोग गर्ने कार्य आगामी योजनामा समेटिएको छ ।

    images
    images
    images

    साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा वनले एक करोड ४७ लाख ७८ हजार ६४९ रुपैयाँ बराबरको कारोबार गरेको छ । वनको आर्थिक प्रतिवेदनमा काठ बिक्री, गौतम बुद्ध राष्ट्रिय उद्यानको टिकट बिक्री र अनुदान प्रमुख आम्दानीका स्रोत भएको उल्लेख छ । खर्चतर्फ वन विकासमा ४४ प्रतिशत, सामाजिक विकासमा २८ प्रतिशत, महिला सशक्तीकरण तथा गरिबी नियन्त्रणमा १५ प्रतिशत र प्रशासनमा १० प्रतिशत रकम खर्च भएको वनले जनाएको छ ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रवीण विडारीले सामुदायिक वन उपभोक्ता समूहको भूमिकाले स्थानीय समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले कार्यसमितिमा ५० प्रतिशत महिला सहभागिता अनिवार्य रहेको र पदाधिकारी तहमा पनि महिलाको नेतृत्व बढाउनुपर्नेमा जोड दिए । 

    images
    images
    images

    त्यस्तै, वन सव–डिभिजन शितलनगरका प्रमुख रवीन्द्र चौधरीले देवदहमा वन अतिक्रमण शून्य रहेको उल्लेख गर्दै नदिजन्य पदार्थको चोरी रोक्न नगरपालिकासहित सुरक्षा निकायलाई गम्भीर बन्न आग्रह गरे ।

    सभामा देवदह नगरपालिका वडा नं ६ का अध्यक्ष खेमबहादुर थापा, सामुदायिक वन महासंघ रुपन्देहीकी अध्यक्ष श्यामकली आचार्यलगायतले बोलेका थिए । 

    कार्यक्रममा ८० वर्ष पुगेका ३४ जना जेष्ठ नागरिक, फरक क्षमता भएका ३२ जना व्यक्ति र पाँच जना जेहेन्दार विद्यार्थीलाई सम्मान गरिएको छ । त्यस्तै, सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय युगज्योति माध्यमिक विद्यालयलाई एक लाख रुपैयाँ छात्रवृत्ति हस्तान्तरण गरिएको छ ।

    यी हुन् साधारण सभाले पारित गरेका २०८२/०८३ मा संचालन हुने २९ बुँदे कार्यकमहरु :

    १. वन क्षेत्रभित्र झाडी सरसफाई तथा थिनिङ–पुनिङ गर्ने ।
    २. पुरानो अग्नी रेखा सरसफाई गर्ने तथा नयाँ अग्नी रेखा निर्माण गर्ने ।
    ३. यस सामुदायिक वनद्धारा संचालित गौतम बुद्ध राष्ट्रिय उद्यान निमार्णको लागि संघिय प्रदेश र स्थानिय सरकारसँग, डिभिजन वन कार्यालय, पर्यटन डिभिजन कार्यालय रुपन्देही, भु तथा जलाधार व्यवस्थापन पाल्पा तथा राष्ट्रपति चुरे मधेश तराई विकाश संरक्षण समितीसँग र अन्य संघ संस्थासंग बजेट माग गरी आम उपभोक्ताहरुसंग सहकार्य गरी सम्पादन गर्ने ।
    ४. उपभोक्ता क्षेत्रभित्रका बिपन्न परिवारका जेहेन्दार विधार्थीहरुलाई शैक्षिक क्षेत्रमा छात्र वृत्ति दिने व्यवस्था मिलाइने छ ।
    ५. यस सा. व. का उपभोक्ताहरुलाई महिला शशत्तीकरण तालिम तथा कार्यक्रमको व्यवस्था मिलाउने ।
    ६. विपद कोषको लागि वजेटको व्यवस्था मिलाउने ।
    ७. खेलकुद संचालनको लागि तथा अन्य संघ संस्थाहरुलाई सहयोगको लागि खर्चको व्यवस्था मिलाउने
    ८. यस सा. व. को २०८२।०८३ को कार्ययोजना अनुसार वन क्षेत्रभित्र रहेको सुधार कटान र पुरुत्पादन कटान तर्फका विभिन्न जातेंका रुखहरु डिभिजन. बन कार्यालयको स्विकृती तथा देवदह सव डिभिजन. बन कार्यालय शितलनगरको प्राविधिक सहयोगमा लगत छपान तथा कटानको व्यवस्था मिलाउने
    ९. बन डढेलो सम्बन्धि प्रचार-प्रसार, सचेतना कार्यकम, गोष्ठी अग्निदस्त तयारी, बन डढेलो नियन्त्रया, आदिको परिचालनको लागि खर्चको व्यवस्था मिलाउने तथा डढेलो नियन्त्रया सामग्री खरिद गर्ने
    १० यस सामुदायिक वनका क्षेत्रभित्रका बृद्ध, फरक क्षमता भएकाहरुको पहिचान गरी सम्मान तथा सहयोगको व्यवस्था मिलाउने ।
    ११. घाटगद्धि तथा भवनको कम्पाउण्ड वालको मर्मतको व्यवस्था मिलाउने ।
    १२. यस सामुदायिक बनको सुधार कटान र पुनत्पादन कटानवाट उत्पादन भएका काठ दाउरा उपभोक्ता माझ वितरण भई बचेका काठ दाउरा डिभिजन बन कार्यालय रुपन्देहीको स्वीकृत लिई वाह्य लिलाम बिकीको लागि बिधान कार्ययोजन अनुसार व्यवस्था मिलाउने ।
    १३. यस सामुदायिक बनको कार्ययोजन अनुसार योजना तर्जुमा, लेखा परिक्षण, वार्षिक प्रतिवेदनहरु तथा साधारण सभाको व्यवस्था मिलाउने ।
    १४. यस सामुदायिक बनका क्षेत्रभित्र तथा उद्यान (पार्क) भित्र कांडे तथा जाली तारवार मर्मत तथा नयाँ तारबार, तटबन्धको व्यवस्था मिलाउने ।
    १५. र अन्य कामको लागि खर्चको लागि व्यवस्था गर्ने । समुहको बन क्षेत्रभित्र गस्ति, अनुगमन, मुल्यांकन तथा कार्यकारिणी समितीको बैठक बस्दा खर्च
    १६. कार्यालय (समुह, पार्कको) संचालन गर्नको लागि खर्चको व्यवस्थापन गर्ने ।
    १७. यस समूहको कर्मचारी पार्क कर्मचारी तथा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षको लागि खर्चको व्यवस्था मिलाउने ।
    १८. अध्ययन अवलोकन भ्रमण र इन्धानको 'लागि खर्चको व्यवस्था गर्ने ।
    १९. भौतिक निर्माणको लागि खर्चको व्यवस्था गर्ने ।
    २०. यस सा.व.का कर्मचारी तथा पदधिकारीहरुले समान वरामद गरे वापत प्रोत्साहनको लागि खर्चको व्यवस्थापन मिलाउने ।
    २१. काष्ठ जन्य वन उद्यन तथा टपरी उद्योग, जस्ता कार्यक्रमहरु संचालन गर्नेको लागि खर्चको व्यवस्थापन गर्ने ।
    २२. बुद्ध सामुदायिक वन उपभोक्ता समूह भित्र रहेका आमा समूहहरुलाई गौतम बुद्ध राष्ट्रिय उद्यान भित्र पिकनिक, वनभोज तथा अन्य कार्यक्रम सञ्चालन गर्दा सहुलियत प्रदान गरि रु ५००। मत्र लिने व्यवस्था गरिने छ ।
    २३. यस समूहले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने ।
    २४.. गौतम बुद्ध राष्ट्रिय उद्यानलाई विधान बनाई डिभिजन बन कार्यालयमा दर्ता गराउनको लागि पहल गर्ने ।
    २५. पुर्वधार योजना अनुसार काम गर्नको लागि खर्चको व्यवस्थापन गर्ने ।
    २६. सामुदायिक वन र यस अन्र्तगत संचालनमा रहेको गौतम बुद्ध राष्ट्रिय उद्यानको लागि बजेट माग गर्दा र जिन्सी सामाग्री खरिद गर्नको लागि खर्चको व्यवस्थाप गर्ने ।
    २७. जैविक मल वनाउनको लागि तालिम तथा खर्चको व्यवस्थापन गर्ने ।
    २८. पानवारी सम्सानघाट मा दाहसंस्कार स्थल र दुर्गानगर टोलको बुद्ध सा.व. जाने कल्वट विस्तार गर्नको लागि खर्चको व्यवस्थापन गर्ने ।
    २९. यस सा.व. का बिपन्न तथा गरिव परिवारका उपभोक्ता मध्य ५ जना लाई स्वास्थ्य विमा गर्नको लागि खर्चको व्यवस्थापन गर्ने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।