Logo

२०८३, आश्विन १०गते


images
images

ट्रम्पको टिप्पणी

भारत र रुसलाई गहिरो, अँध्यारो चीनसँग गुमाइसको ट्रम्पको टिप्पणी

भारत र रुसलाई गहिरो, अँध्यारो चीनसँग गुमाइसको ट्रम्पको टिप्पणी

images
  • भारत र रुसलाई गहिरो, अँध्यारो चीनसँग गुमाइसको ट्रम्पको टिप्पणी
    images
    images

    काठमाडौँ । अमेरिकाले भारतमाथि कर लगाएपछि दुई देशबीच तनाव देखिएको छ । यस समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार भारतलाई निशाना बनाइरहेका थिए । तर हालै चीनमा सम्पन्न एससीओ सम्मेलनपछि ट्रम्पको मनोवृत्ति नरम हुँदै गएको देखिएको छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा प्रतिक्रिया दिदै भारत र रुसलाई चीनसँग गुमाइसकेको टिप्पणी गरेका छन् ।

    images
    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथमा एक पोस्टमा एउटा तस्वीर पनि सेयर गरेका छन् । यस तस्वीरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ देखिएका छन् । यस पोस्टमा डोनाल्ड ट्रम्पले लेखेका छन्- यस्तो देखिन्छ, हामीले भारत र रुसलाई गहिरो, अँध्यारो चीनसँग गुमाइसकेका छौं । भगवानले उनीहरूलाई लामो र समृद्ध भविष्य प्रदान गरून् ।'

    images
    images
    images

    ट्रम्पको यो टिप्पणी यस्तो समयमा आएको हो, जब हालै चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निकटताले विश्वको ध्यान खिचेको थियो । ट्रम्प प्रशासनले भारतीय सामानमा लाग्ने भन्सार कर दोब्बर पारेर ५० प्रतिशत पुर्‍याएपछि र रूसबाट कच्चा तेल खरिद गर्दा थप २५ प्रतिशत शुल्क लगाएपछि भारत-अमेरिका सम्बन्धमा तिक्तता अझ गहिरो बनेको समयमा यो सम्मेलन भएको थियो ।

    images
    images
    images

    ट्रम्प प्रशासनले अमेरिका-भारत सम्बन्धलाई दशकौं पछाडि धकेलेको विश्लेषण भइरहेका बेला प्रधानमन्त्री मोदी रूस र चीनको नजिक पुगेका छन् । बेइजिङले आफूलाई अमेरिका र डोनाल्ड ट्रम्पको विकल्पको रूपमा प्रस्तुत गरेको विश्लेषण अहिले भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।