Logo

२०८३, आश्विन ९गते


images
images

विद्यालय शिक्षा विधेयक

शिक्षा विधेयक सच्चाउन माग गर्दै स्कुल बस र्याली

शिक्षा विधेयक सच्चाउन माग गर्दै स्कुल बस र्याली

images
  • शिक्षा विधेयक सच्चाउन माग गर्दै स्कुल बस र्याली
    images
    images

    बुटवल । विद्यालय शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले सोमबार देशभर स्कुल बसमा कालो झण्डा झुण्ड्याएर र्याली निकालेका छन  । उनीहरूले ‘पूर्ण छात्रवृत्ति’ र ‘ निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द विधेयकबाट हटाउन माग गरे ।

    images
    images
    images

    विगत एक महिनादेखि आन्दोलनरत निजी विद्यालय सञ्चालकहरूको यसपटकको कार्यक्रमलाई प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन, एनएमएलगायतका संगठनले संयुक्त रूपमा अघि बढाएका हुन् । रुपन्देहीमा पनि बसमा कालो झण्डा राखेर सडकमा विरोध प्रकट गरिएको छ ।

    images
    images
    images

    आन्दोलन परिचालन समिति रुपन्देहीका सदस्य तथा हिसान रुपन्देहीका अध्यक्ष कृष्णबहादुर न्यौपानेका अनुसार माग पूरा नभएसम्म संघर्षका कार्यक्रम रोकिँदैनन् । उनले विवादित शब्द हटाउन सरकारलाई दबाब दिइरहेको बताए । त्यस्तै, एन प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले सरकारले शिक्षा विधेयक सच्याउन नसके आन्दोलनलाई थप कडा रूप दिनुपर्ने चेतावनी दिए ।

    images
    images
    images

    प्याब्सन रुपन्देहीका अध्यक्ष दिपक खनालले केन्द्रीय सर्कुलरअनुसार रुपन्देहीमा पनि आन्दोलनका कार्यक्रम निरन्तर जारी रहेको जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।