Logo

२०८३, आश्विन ९गते


images
images

मुस्ताङमा ऐतिहासिक जलवायु सम्मेलन हुने

मुस्ताङमा ऐतिहासिक जलवायु सम्मेलन हुने

images
  • मुस्ताङमा ऐतिहासिक जलवायु सम्मेलन हुने
    images
    images

    पोखरा । मुस्ताङमा ऐतिहासिक जलवायु सम्मेलन हुने भएको छ । जलवायु सम्मेलनमा देशभरका ७५३ पालिकाका प्रतिनिधिहरू सहभागी हुने आयोजक घरपझोङ गाउँपालिकाले जानकारी दिएको छ ।

    images
    images
    images

    भाद्र ३१ मा हुने यो सम्मेलनले हिमाली क्षेत्रमा बढ्दो हिउँ पग्लन, पानीको स्रोत सुक्ने समस्या र वातावरणीय संकटबारे साझा कार्ययोजना बनाउन केन्द्रित हुनेछ ।

    images
    images
    images

    सम्मेलनको संयोजन घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले गर्नेछन् भने हिमाली क्षेत्रमा बढ्दो हिउँ पग्लन, पानीको स्रोत सुक्ने अवस्था र बढ्दो वातावरणीय संकटलाई सम्बोधन गर्न सबै पालिकाले साझा कार्ययोजना बनाउनुपर्ने आवश्यकता महसुस गरेर कार्यक्रम आयोजना गरिएको अध्यक्ष लालचनले जानकारी दिएका छन् ।

    images
    images
    images

    विशेष रूपमा यो सम्मेलनले ७५३ पालिकाको साझा आवाजलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने र हिमाली भू–भागका चुनौतीहरूको समाधानमा ठोस कदम चाल्ने अपेक्षा गरिएको छ ।

    कार्यक्रमले स्थानीय तहहरूलाई आफ्नो क्षेत्रअनुसार जलवायु प्रतिरोधी नीति बनाउन, राष्ट्रिय स्तरमा सुझाव दिन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज उठाउन सशक्त अवसर प्रदान गर्नेछ। सम्मेलनमा सहभागीहरूले जलवायु परिवर्तन सम्बन्धी अनुसन्धान, अनुभव आदान–प्रदान र साझेदारीका अवसरहरू पाउनेछन् ।

    सोहि दिन मुस्ताङमा गरिने कृषि प्रदर्शनीमा उत्कृष्ट कृषक पुरस्कार समेत वितरण गरिने गाउँपालिकाले जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जलवायु सम्मेलन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।