Logo

२०८३, आश्विन १०गते


images
images

अफगानिस्तानमा भूकम्प

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा २० जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा २० जनाको मृत्यु

images
  • अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा २० जनाको मृत्यु
    images
    images

    काठमाडौँ । आइतवार राति अफगानिस्तानमा आएको ६.३ रेक्टर स्केलको भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको छ । 

    images
    images
    images

    भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको बताइएको छ । साथै, ११५ भन्दा बढी घाइते भएका छन्, जसलाई नान्गारहार र कुनार प्रान्तका अस्पतालहरूमा भर्ना गरिएको अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

    images
    images
    images

    अहिले राहत र उद्धारको काम जारी रहेको र मृतकको संख्या बढ्न सक्ने प्राधिकरणले जानकरी दिएको छ  ।

    images
    images
    images

    भूकम्पको केन्द्रबिन्दु जमिनबाट १६० किलोमिटर तल थियो। यसको कम्पन पाकिस्तानको इस्लामाबाद र एबोटाबादसम्म महसुस गरिएको थियो ।  पहिलो भूकम्पपछि पनि ४.७, ४.३ र ५.० रेक्टर स्केलका कम्पन महसुस गरिएको टोलोन्यूजले उल्लेख गरेको छ ।

    यसअघि ७ अक्टोबर २०२३ मा अफगानिस्तानमा विनाशकारी भूकम्प आएको थियो । तालिबान सरकारले यस भूकम्पमा ४ हजारको मृत्यु भएको दाबी गरेको थियो भने संयुक्त राष्ट्र संघले १५०० जनाको मृत्यु भएको पुष्टि गरेको थियो । अफगानिस्तानमा शक्तिशाली भूकम्पको इतिहास छ। हिन्दुकुश पर्वत शृङ्खला भूकम्पको हिसाबले सक्रिय मानिन्छ, जहाँ हरेक वर्ष भूकम्प आउँछ । अफगानिस्तान भारतीय र युरेशियन टेक्टोनिक प्लेटहरूको बीचमा अवस्थित छ। यो फल्ट लाइन अफगानिस्तानको हेरातसम्म जान्छ। प्लेटहरूमा हलचल हुँदा भूकम्प आउँछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।