Logo

२०८३, आश्विन ९गते


images
images

युरोपेली संघ

अमेरिकी भिसा प्रतिबन्ध पुनर्विचार गर्न ईयू मन्त्रीहरूको आग्रह

अमेरिकी भिसा प्रतिबन्ध पुनर्विचार गर्न ईयू मन्त्रीहरूको आग्रह

images
  • अमेरिकी भिसा प्रतिबन्ध पुनर्विचार गर्न ईयू मन्त्रीहरूको आग्रह
    images
    images

    वेइजिङ । युरोपेली संघ (ईयू) का परराष्ट्र मन्त्रीहरू शनिबार कोपेनहेगनमा बसेर हालै अमेरिकाले पिएलओ (प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन) र प्यालेस्टाइन अथॉरिटी (पीए) का अधिकारीहरूलाई प्रवेश भिसा नदिने निर्णय पुनर्विचार गर्न सर्वसम्मत रूपमा आग्रह गरेका छन् ।

    images
    images
    images

    अमेरिकी परराष्ट्र विभागले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, "आगामी संयुक्त राष्ट्रसंघको महासभा अघि पिएलओ र प्यालेस्टाइन अथॉरिटीका सदस्यहरूको भिसा अस्वीकार वा रद्द गरिनेछ।" बैठकमा गाजाको बिग्रँदो मानवीय अवस्थाबारे पनि छलफल भएको थियो । तर, इस्रायलमाथि थप प्रतिबन्ध लगाउने विषयमा सहभागीहरू गहिरो रूपमा विभाजित देखिएका थिए ।

    images
    images
    images

    ईयूका परराष्ट्र नीतिका प्रमुख काया कलासले पत्रकार सम्मेलनमा सदस्य राष्ट्रहरू स्थिति गम्भीर भएकोमा सहमत भए पनि ठोस कदमबारे भने सर्वसम्मति नभएको बताइन् । बैठकका अध्यक्ष तथा डेनमार्कका परराष्ट्र मन्त्री लार्स लोक्के रासमुसेनले भने, धेरै सदस्य राष्ट्रहरूलाई लाग्न थालेको छ कि इस्रायलले बलियो दबाबबिना आफ्नो नीति परिवर्तन गर्ने सम्भावना कम छ ।

    images
    images
    images

    बैठकस्थल बाहिर प्रदर्शनकारीहरूले डेनमार्क र ईयूलाई गाजाको मानवीय सङ्कटबारे कडा कदम चाल्न माग गरेका थिए ।

    (सिन्ह्वाको सहयोगमा)

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरोपेली संघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।