Logo

२०८३, आश्विन १०गते


images
images

भारत -अमेरिका सम्बन्ध

भारत र अमेरिकाको सम्बन्ध बिग्रिदै : ट्रम्पको भ्रमण स्थगित !

भारत र अमेरिकाको सम्बन्ध बिग्रिदै : ट्रम्पको भ्रमण स्थगित !

images
  • भारत र अमेरिकाको सम्बन्ध बिग्रिदै : ट्रम्पको भ्रमण स्थगित !
    images
    images

    काठमाडौँ । भारत र अमेरिकाको सम्बन्ध दिनप्रतिदिन खराब हुदै गइरहेको देखिएको छ । अमेरिकाले भारतलाई ५० प्रतिशत कर लगाएर शुरु भएको खराब सम्बन्धको शुरुवातसँगै अब राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बर्षको अन्त्यमा हुने भारत भ्रमण स्थगित गरेका छन् ।

    images
    images
    images

    न्यूयोर्क टाइम्सले मोदीले 'सच्चा साथी' भनेका ट्रम्पको अब उनीसँग सम्बन्ध बिग्रिएको दाबि गर्दै यस वर्षको अन्त्यमा क्वाड शिखर सम्मेलनमा भाग लिन भारत आउने बताएका ट्रम्प अब नआउने भएका हुन् ।

    images
    images
    images

    कर लगाएपछि भारतमा ट्रम्पको विरुद्धमा अब नकारात्मक वातावरण सिर्जना भएको छ । गत हप्ता, महाराष्ट्रमा एक उत्सवको क्रममा, उनको एउटा विशाल पुतला घुमाइएको थियो, जसमा उनलाई 'पिठ्युँमा छुरा प्रहार गर्ने' व्यक्तिको रूपमा देखाइएको थियो । अमेरिकाले चालेका कडा कदमहरूलाई भारतमा पूर्ण रूपमा धम्की अर्थात् 'गुण्डागिरी' भनिरहेका छन् ।

    images
    images
    images

    न्यूयोर्क टाइम्सको रिपोर्टका अनुसार, भारत र अमेरिकाबीचको तनावको वास्तविक कारण ट्रम्पको नोबेल पुरस्कारको चाहना भएको समेत दाबी गरिएको छ । रिपोर्टमा ट्रम्पले जुन १७ मा प्रधानमन्त्री मोदीसँग फोनमा कुराकानी गरेका थिए । यस क्रममा ट्रम्पले भारत र पाकिस्तानबीच युद्धविराम ल्याउनमा आफूले गर्व गरेको बताएका थिए ।

    यसपछि, ट्रम्पले मोदीलाई पाकिस्तानले नोबेल पुरस्कारको लागि मनोनयन गर्ने बताए । ट्रम्पले अप्रत्यक्ष रूपमा भारतलाई पनि त्यस्तै गर्न आग्रह गरे तर मोदीले ट्रम्पको यस प्रस्तावलाई नजरअन्दाज गरिदिए । मोदीले ट्रम्पलाई स्पष्ट रूपमा भारत र पाकिस्तानबीचको युद्धविरामसँग अमेरिकाको कुनै सरोकार नभएको र यो भारत र पाकिस्तानबीच प्रत्यक्ष रूपमा भएको बताए । मोदीले भारतको संसदमा पनि पाकिस्तानसँगको अप्रेशन सिन्दुर रोकिनुमा अमेरिकाको भूमिकालाई खारेज गरेका थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।