Logo

२०८३, आश्विन ९गते


images
images

रहिनन् प्रिया

भारतको लोकप्रिय धारावाहिक 'पवित्र रिश्ता' की अभिनेत्री प्रियाको मृत्यु

भारतको लोकप्रिय धारावाहिक 'पवित्र रिश्ता' की अभिनेत्री प्रियाको मृत्यु

images
  • भारतको लोकप्रिय धारावाहिक 'पवित्र रिश्ता' की अभिनेत्री प्रियाको मृत्यु
    images
    images

    काठमाडौँ । भारतको लोकप्रिय टिभी धारावाहिक 'पवित्र रिश्ता' की मराठी अभिनेत्री प्रिया मराठेको मृत्यु भएको छ । रिपोर्टका अनुसार, ३८ बर्षिय अभिनेत्री प्रिया क्यान्सरबाट पीडित थिइन् र उनको मुम्बईको मीरा रोडस्थित आफ्नो घरमा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    images
    images
    images

    हिन्दी र मराठी धारावाहिककी लोकप्रिय अभिनेत्री प्रिया मराठे प्रख्यात अभिनेता सुबोध भावे प्रियाको काकाकी छोरी हुन् । सुबोध भावे र प्रिया मराठेले केही धारावाहिक र मराठी फिल्महरूमा पनि सँगै काम गरेका छन् ।

    images
    images
    images

    प्रिया मराठेले जी टिभीको लोकप्रिय सिरियल ‘पवित्र रिश्ता’ मा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्, जसमा उनले अंकिता लोखंडेकी बहिनीको भूमिका निभाएकी थिइन् ।

    images
    images
    images

    यस बाहेक प्रिया सरथे ‘उत्तरन’, ‘कसम से’, ‘बडे अच्छे लगते हैं’, ‘साथ निभाना साथिया’ जस्ता हिन्दी टिभी शोमा पनि देखिएकी थिइन् । मराठी सिरियलको कुरा गर्ने हो भने प्रिया मराठेले ‘चार दिन सासुचे’, ‘या सुखानो या’, ‘तू तीथे मे’, ‘लमोस्ट सुफल संपूर्ण’, ‘शतदा प्रेम करावे’, ‘तुझेँ मी गीत गाते आहे’ र ‘असी काशी काशी मे नन्दयाला’ जस्ता कार्यक्रममा पनि फरक–फरक भूमिका निर्वाह गरेकी थिइन् ।

    प्रिया मराठेका श्रीमान् शान्तनु मोघे पनि अभिनेता हुन्, दुवैले २०१२ मा विवाह गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पवित्र रिश्ता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।