Logo

२०८३, आश्विन ९गते


images
images

पर्यटन

पर्यटन विकास नै सम्बृद्ध नेपाल निर्माणको आधार : मन्त्री न्यौपाने

पर्यटन विकास नै सम्बृद्ध नेपाल निर्माणको आधार : मन्त्री न्यौपाने

images
  • पर्यटन विकास नै सम्बृद्ध नेपाल निर्माणको आधार : मन्त्री न्यौपाने
    images
    images

    लुम्बिनी । लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले सम्बृद्ध नेपाल निर्माण गर्ने प्रमुख माध्यम पर्यटन भएको बताएका छन् । शनिबार लुम्बिनीस्थित प्रेसिडेन्ट होटेलको १६ औँ शाखाको उद्घाटन गर्दै उनले पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सक्ने आधारशिला भएको स्पष्ट पारे ।

    images
    images
    images

    मन्त्री न्यौपानेले प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकता दिँदै अघि बढिरहेको उल्लेख गर्दै यसका लागि सबै पक्षको साझा प्रयास अपरिहार्य रहेको बताए । "पर्यटनको विकास केवल सरकारको प्रयासले सम्भव हुँदैन, निजी क्षेत्रको सक्रियता र सहकार्य पनि उत्तिकै जरुरी छ।" उनले भने ।

    images
    images
    images

    उनले भगवान बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै प्रमुख धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा भए पनि अपेक्षाकृत पर्यटक ल्याउन नसकिएको स्वीकार गरे । यस सन्दर्भमा उनले संघीय, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी सहकार्य र साझेदारी आवश्यक रहेको प्रष्ट्याए ।

    images
    images
    images

    उनले होटल, यातायात, पूर्वाधार, जनशक्ति र प्रवर्द्धन अभियानमा निजी क्षेत्रको लगानी पर्यटन विस्तारको मुख्य आधार हुने भन्दै सबै तहबाट समर्थन जुटाउन आग्रह गरे ।

    मन्त्री न्यौपानेले समृद्ध नेपाल निर्माणको बाटोमा पर्यटनलाई "शक्ति र सम्भावनाको इन्धन" को रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा प्रदेश सरकारले निजी क्षेत्रसँग मिलेर पर्यटन प्रबर्द्धनका ठोस कार्यक्रम ल्याउने बताएका छन् ।

    देशमा अहिले केही पनि भएन भन्ने ह्वीम चलेको भन्दै मन्त्री पाण्डेले केही पनि भएन भन्ने भाष्यले देशलाई दुर्घनातर्फ धकेल्ने खतरा रहेको बताए । ‘अहिले सामाजिक सञ्जालमा केही पनि भएन भन्ने लहड नै चलेको छ अपेक्षाकृत काम नभएको होला तर केही पनि भएको छैन भन्ने कुरा सत्य होइन, सरकारले अधिकतम प्रयास गरिरहेको छ, कतिपय काम गर्न कानुन अभाव छ, कतिपय काम गर्दा संघीय सरकारको अनुमति लिनुपर्छ हामीले चाहेर पनि केही गर्न सक्दैनौँ’ उनले भने ।

    कार्यक्रममा बोल्ने होटेल व्यवसायीहरुले गौतद्ध बुद्ध अन्तर्राष्ट्रीय विमानस्थल नचलाइदिदा अरबौँ लगानी डुब्ने अवस्थामा रहेकोले यस तर्फ सचेत हुन सरकारसंग आग्रह गरे । उनिहरुले सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नसक्दा व्यवसायीहरु पलायन हुने दर वढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।