मानिस समाजमा बस्छ । समाजमा विभिन्न वर्गहरु हुन्छन् । वर्गहरुका पनि विभिन्न पात्र र प्रवृत्तिअनुसार समाज सञ्चालनका नियमहरु खोजी भए । व्यक्तिगत सम्पत्तिको जन्मभएपछि वर्गहरु र सत्ताहरु जन्मिए । संघर्षलाई मत्थर गर्न सत्यको खोजी गर्ने बहानामा धर्मलाई प्रचार गर्न थालियो । धर्मको कुरा मान्ने अथवा शासकको कुरा सुन्ने आस्तिक भयो भने नमान्नेहरु नास्तिक भनिने दर्शनको जन्म भयो ।
श्रमिक जनताको मुक्तीको शासन सत्ताको परिकल्पना माक्र्सले गरेकोले माक्र्सवादी दर्शन भनियो । यो भनिएता पनि काल्पनिक समाजवादको खोजी गर्ने अन्य धेरै दार्शनिकहरु भएकोले माक्र्स जन्मभन्दा अगाडी सत्य, न्याय तथा सबै मानिसमा बराबरी भन्ने भाव सहित जन्मेका सबै दर्शनहरुले समाजवादको परिकल्पना गरेकाले समानताको न्याय र सबै मानिस बराबरी भन्ने विचारहरुको सार समाजवादी दर्शन हो भन्ने कुरा पुष्टि गरेको छ ।
समाजवादी दर्शन सत्य अन्वेषणको सिद्धान्त हो र अव्यवस्थाबाट सुव्यवस्थामा डोराउने गोरेटो पनि हो । हरेक मानिस सत्य चाहान्छ र समानताको कुरा गर्छ । त्यसैले समाजवाद भनेको यथास्थितिलाई परिवर्तन गर्ने संघर्षको सिद्धान्त हो । संघर्षको सिद्धान्त अनुसार विपरित तत्वको एकता र संघर्षको नियमको आधारमा क्रमभङ्गता रुपान्तरण पुनः संघर्षको माध्यमबाट गरिने परिकल्पना पनि हो । प्राकृतिक जिवजन्तु वनस्पति हरुको उचित संयोजन गर्नु जस्तो मानिसका हात, खुट्टा, आँखा, नाक, कान लगायतका शरिरका अंगहरुको काम फरक फरक भएता पनि शरिरको लागि समान अस्तित्व हुन्छ । त्यसैले प्राकृति र जिवजन्तु पनि घनिष्ट सम्बन्ध हुन्छ र त्यसले पनि क्षमताको खोजी गर्छ ।
समाजमा केही आँटिला, जाँगरिला र सत्य अन्वेषण गर्ने मानिसहरु जन्मेका छन् । जसले पुराना थोत्रा वा काम नलाग्ने हुँदै गएका मूल्य मान्यता र प्रणाली माथि प्रश्न समेत गरेका छन् । उनीहरु केवल प्रश्न मात्र गर्दैनन्, आलोचनात्मक दृष्टिकोणबाट नयाँ मान्यता, मूल्य, प्रणाली र सौन्दर्य बोधको अभिव्यक्ति दिन्छन् । उनीहरु नयाँ सत्यको उद्घाटन गर्दछन् । नयाँ समाज, अर्थतन्त्र र राज्य व्यवस्थाको निर्माण गर्न सघर्ष गर्दछन् । त्यस्ता मानिसलाई तत्कालिन समाज, मूलधार वा राज्य व्यवस्थाले राम्रो नमान्न सक्छ ।
हामी माक्र्सवाद पढ्नेहरुले कसरी बुझेका छौं भने ऐतिहासिक भौतिकवादको नियमको आधारमा राजनीतिक व्यवस्था आर्थिक र सामाजिक, सांस्कृतिक संरचनाको परिकल्पना हुन्छ । त्यस्तै मानव जिवजन्तुको गुणहरुको संरक्षण पनि सामाजिक मान्यताको समाजवादी दर्शन नै हो । दर्शनका कुरा गर्दा ज्ञान सिद्धान्तका मात्र कुरा हुन्छन् । सबै ज्ञानी, सबै जान्ने, सबैले स्थार्थ खोज्ने क्रममा स्वतन्त्र मानवले संघर्ष गर्दछ । उसले सत्ता शक्तिको विरोध गरी आदर्शवादी कुरा गर्छ, तर पछि सारमा भौतिक सेवा सुविधाका विषयमा जानु पर्दा व्यक्तिगत सम्पत्तिलाई नै सर्वोच्च ठान्दछ । जिन्दगी भरी संघर्ष गरेर स्वार्थ नखोजि विचार र व्यवहारमा अडिक रहने मानिस मात्र सत्यको अन्वेषण गर्न र समाजलाई डोर्याउन सक्छ भन्ने सन्देश दिनको लागि समाजवादी दर्शनको व्याख्या हुन आवश्यक छ ।
समाजवादी दर्शनले समाजवाद नै स्वाधीनता हो भन्ने व्यवहारलाई पुष्टि गर्नुपर्छ । समानताको समाज निर्माणमा जोड दिर्दै सामाजिक वन्धुत्वको समाज बनाउनु आवश्यक छ । खुसी र समृद्ध समाज निर्माण गर्दै, शान्तिपूर्ण समाजको व्यवस्थापनको कल्पना समाजवादी चिन्तनहरुले गरेका छन् । यिनी सबैले उत्पादन पद्धतिलाई पनि परिवर्तत गर्दछन् ।
हाम्रो मुलुक सुहाउँदो समाजवादी दर्शनको दृष्टिकोण के हो ? संविधान सभाबाट घोषणा भएको संविधान, संघियता, गणतन्त्र, समावेशी, समानुपातिक र धर्म निरपेक्षता आदि हाम्रा समाजवादी दर्शनका दृष्टिकोण हुन् । हाम्रो देश भूपरिवेष्ठित मुुलुक हो । त्यसैले प्रजातन्त्र बलियो हुँदा राष्ट्रियता कमजोर हुने राष्ट्रियता बलियो हुँदा प्रजातन्त्र कमजोर हुने गर्छ । समाजवादी दर्शन अरु प्रणालीभन्दा फरक छ । त्यसको विशेषता हो सत्यनिष्ठा र मानिसमा हुने ज्ञानको भोक । मानिस मूल्यमान्यता गुणस्तरीय जीवनका लागि संघर्षशीलता, सृजनशिलता, प्रेमशिल र नियमशिल हुन सक्नु नै सत्यनिष्ठाको ठोस अभिव्यक्ति हो ।
प्राचीन, युनानी भाषामा लिएको फेलोसोफी (दर्शनशास्त्र) को अर्थ फिलोओ प्रेम र ‘सोफिया’ विवेक । विवेक प्रेम (आफानास्पेभ विक्टर २०५४ पृष्ठ ७) दर्शनको चिन्तन पनि तत्कालिन समयको चेतना, बहुदार्शनिक विचारमा बाडिएको हुन्छ । यस्तो परिस्थितिमा सर्वप्रथम विश्व परिवेशलाई मनन गरी चिन्तन गरिनु आवश्यक हुन्छ । अन्वेषणकै क्रममा पदार्थ प्रमुख भन्ने भौतिक विषयबाट वादी दर्शनको विकास भयो । दर्शनको बारेमा सत्यको अन्वेषणको क्रममा भएका संसारका वर्ग संघर्षहरुको अनुभवबाट संसार कुनै अद्भुत व्यक्ति या समूहको उपदान होइन । संसार निर्माण गर्ने तमाम श्रमजीविहरुको व्याख्याले “दर्शन ब्रहामाण्ड, मानिस तथा सम्पूर्ण मानव जातिको नियमन गर्ने सर्वाधिक सामान्य नियमहरुको अध्ययन गर्दछ । त्यसले मानिस र समाज तथा मानिस र प्राकृतिक एकताका आधारहरुको अध्ययन गर्दछ ।
(उही) मानव समाज परिवर्तनशिल छ । यो निम्नावस्थाबाट उच्चावस्थातिर अग्रसर हुन्छ । समाज विकासको क्रममा हरेक सामाजिक व्यवस्था आवश्यक छ । तर आफ्नो अवधि पूरा भएपछि त्यसले अर्को सामाजिक व्यवस्थाको लागि स्थान छोड्नु पर्छ । हरेक सामाजिक व्यवस्था, ऐतिहासिक आवश्यकताले मान्छ । विगतका हरेक सामाजिक व्यवस्थाको जस्तै समाजवादको पनि आफ्नो ऐतिहासिक औचित्य र महत्व छ । मानव समाजको विकास क्रममा आगामी चरण समाजवादको दर्शन नै हो ।
समाजवादले विभिन्न वर्गहरुमा समाजको विभाजनलाई अन्त्य गर्नेछ र त्यसको स्थानहरुमा समाजका सम्पूर्ण सदस्यहरुको एकता स्थापित गर्नेछ । मानवजातिले आजसम्म आर्जन गरेको सम्पूर्ण सम्पदामाथि एउटा वर्गको एकाधिकारलाई अन्त्य गरेर त्यसलाई समाजका सम्पूर्ण सदस्यहरुको हातमा सुम्पनेछ । एउटा वर्गको समानता नै अर्को वर्गको विपन्नताको शर्त हुने अवस्थालाई अन्त्य गर्नेछ । सबैको स्वतन्त्र विकासको शर्त हुने अवस्था स्थापित भएमात्र मानव समाज बाध्यताको संसारबाट स्वतन्त्रताको संसारमा जानेछ यही नै समाजवादी दर्शन हो ।
दर्शनशास्त्रीको खोजी र अनुसन्धानमा केलाउँदै जाँदा के प्रमाणित हुन्छ भने मोक्षप्राप्तिको कुरा हिमाली अनकन्टरको दर्शन हो । अन्य लोकायलत जैन, वौद्ध, योग, वैशिषक, न्याय, मीमांसा दर्शनको सार भनेको राजनीतिशास्त्रको परिभाषाअनुसार यो सबै नीतिको मूलनीति हो भन्ने भनाई र राजनीतिले नै सबै दर्शन, धर्म मान्ने मानिसलाई डो¥याएको हुन्छ भन्ने नै हो । सारमा भन्नु पर्दा सबै धर्म र दर्शनको मूल जरो राजनीति हो ।
सबै शास्त्रहरु राजनीतिमा घुमिरहेका हुन्छन् । हामीले बुझी आएको पूर्विय दर्शनले पुरानो धर्मसंस्कृति पुरै समेटेको पाइदैन । केवल राज्यसत्ता वरिपरिका हिजोका सांस्कृतिलाई समेटेको छ । त्यसैले वर्तमानमा खोजकर्ताहरुले दर्शनको बहुल रुप र एकत्व मध्ये यसभित्रका पुराना धर्म र नीतिहरुको बारेमा खोजी गरिरहेको पाइन्छ ।
समाजमा केही आँटिला, जाँगरिला र सत्य अन्वेषण गर्ने मानिसहरु जन्मेका छन् । जसले पुराना थोत्रा वा काम नलाग्ने हुँदै गएका मूल्य मान्यता र प्रणाली माथि प्रश्न समेत गरेका छन् । उनीहरु केवल प्रश्न मात्र गर्दैनन्, आलोचनात्मक दृष्टिकोणबाट नयाँ मान्यता, मूल्य, प्रणाली र सौन्दर्य बोधको अभिव्यक्ति दिन्छन् । उनीहरु नयाँ सत्यको उद्घाटन गर्दछन् । नयाँ समाज, अर्थतन्त्र र राज्य व्यवस्थाको निर्माण गर्न सघर्ष गर्दछन् । त्यस्ता मानिसलाई तत्कालिन समाज, मूलधार वा राज्य व्यवस्थाले राम्रो नमान्न सक्छ ।
विगतलाई हेर्दा त्यस्ता मानिसहरुलाई समाज र राज्यशक्तिले सहजै स्वीकार गरेको देखिन्न । जस्तै ः बुद्ध हुन वा क्राइष्ट माक्र्स हुन या गान्धी, लिंक हुन या रुसो, ग्यालिलियो हुन् वा बु्रनो, सुकरात हुन या प्लेटो, यिनीहरु आआफ्ना समयका सन्की, लहडी, विद्रोही र फरक मानिस थिए । उनीहरु सत्यनिष्ठाको लागि तत्कालिन राज्य र समाजबाट अस्वीकृति भएका मानिसहरु हुन् । प्रकान्तरले यिनै मानिसहरु समाजमा ठूला चिन्तक, सन्त, वैज्ञानिक, सुधारक संघर्ष र सृजनशिलताका आदर्श बने । उनीहरु सत्य अन्वेषकका रुपमा स्थापित भए ।
अन्त्यमा, समाजको साविक मूलधार भन्दा फरक मानिसलाई अविचलित रुपमा हिड्न÷हिडाउन सक्ने तागत, ज्ञानको भोग, न्याययिक समाजको चाहाना र सक्रियनिष्ठा हुन आवश्यक छ । नेपालमा पनि यस्तै जाँगरिला आँटिला, ज्ञानको भोक भएका र सत्यनिष्ठ व्यक्तिको खाँचो छ । जसले समाजलाई रुपान्तरण गर्न सकोस् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology