Logo

२०८३, श्रावण २७गते


images
images

प्रतिनिधि सभा

राज्य व्यवस्था तथा शासन समितिको सभापतिमा न्यौपाने निर्विरोध

राज्य व्यवस्था तथा शासन समितिको सभापतिमा न्यौपाने निर्विरोध

images
  • राज्य व्यवस्था तथा शासन समितिको सभापतिमा न्यौपाने निर्विरोध
    images
    images

    काठमाडौं । राज्य व्यवस्था तथा शासन समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । घोषणा हुने भने बाँकी छ ।

    images
    images
    images

    संघीय संसद सचिवालयले आज दिउसो ४ बजेसम्म दिएको समयमा न्यौपानेको मात्र उम्मेदवारी दर्ता भएको जानकारी दिएको छ । न्यौपानेको प्रस्तावकमा कांग्रेसका सांसद रामहरी खतिवडा रहेका छन् भने समर्थकमा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    अब बुधबार दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले न्यौपानेलाई सभापतिमा निर्वाचित गर्ने प्रस्ताव पेश हुने भएको छ । यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा विवादमा परेपछि नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए । संघीय संसद नियमावलीमा समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।

    images
    images
    images


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।