Logo

२०८३, आश्विन ९गते


images
images

तीज गीत

तीज गीत : चेलीको वेदना

तीज गीत : चेलीको वेदना

images
  • तीज गीत : चेलीको वेदना
    images
    images

    आमा हुँदा भन्नुहुन्थ्यो - “छोरी, कहिले आउँछ्यौ ?”
    आज तीज आयो आमा,  तिमी  कहाँ छ्यौ ।।
    ढक्-ढक् पार्छु ढोकाआमा उत्तर दिने कोही छैन 
     तिम्रो यादमाआखाँ मेरो कहिल्यै ओभाएन ।।

    images
    images
    images

    छोडी गयौ मेरी आमा मलाई, एक्लो पारेर,
    छोरो हेरी मन बुझाउछु  छाती च्यापेर ।। 
    खुसी हौली मेरी आमा स्वर्गमै बसेर 
    आँसु पुछि बसेकी छु  कम्मर कसेर ।।

    images
    images
    images

    आँगनमा फूल फुल्यो, तिमी बिना निरस छ
    घुमी घुमी नाच्ने दिनमा मन  उदास छ ।।
    सहरभरि तीजको धुन घरमै बसी सुन्छु 
    तिम्रो माया सम्झी आमा, एक्लै म रुन्छु ।।

    images
    images
    images

    छोरीलाई आमा भन्दा ठूलो अरु केही  छैन
    यो उमेरमा तिम्रो माया पाउने भईन ।।
    तिम्रो काखमा बिसाउथे मनका पीडा सारा
     तिमी बिना तिजमा आज मन टुक्रा–टुक्रा ।।

    सपनामा आउछ्यौ आमा, रातभर कुरा गर्छ्यौ
    जब जाग्छु निद्रा बाट टाढा पर्छ्यौ ।। 
    छोरी भनी बोलाउने त्यो आवाज अब हरायो
    मेरा लागि चाडपर्व नी निरस बनायो ।।

    तिम्रा हातले पकाएको खाना  मिठो स्वाद
    सम्झी सम्झी रुदै बस्छु आमा म आज ।।
    जल पनि तिम्रै नाममा साँझ बिहान चढाउछु
    यो तिजमा  गीत पनि तिम्रै  बनाउँछु ।।

    मेरो मनको धड्कनमा अझै तिमी बाँचिछ्यौ
     तारा बनी आकाशमा चम्कि रहेकी छ्यौ ।।
    छोरीको मन धुकधुकीमा तिम्रो नाम गुन्जिन्छ
    दिई राखे आशीर्वाद छोरी रमाउँछ ।।

    छोडी गयौ मेरी आमा मलाई एक्लो पारेर
    छोरो हेरी मन बुझाउछु म छाती च्यापेर ।। 
    मानवको जीवन हेर मर्नु पर्ने एक दिन
    अब मैले मेरी आमा कहिल्यै भेट्दिन ।।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।