Logo

२०८३, श्रावण २७गते


images
images

अस्ट्रेलिया -दक्षिण अफ्रिका सिरिज

अस्ट्रेलिया अन्तिम खेलमा २७६ रनले विजयी, सिरिज दक्षिण अफ्रिकाले २-१ ले जित्यो

अस्ट्रेलिया अन्तिम खेलमा २७६ रनले विजयी, सिरिज दक्षिण अफ्रिकाले २-१ ले जित्यो

images
  • अस्ट्रेलिया अन्तिम खेलमा २७६ रनले विजयी, सिरिज दक्षिण अफ्रिकाले २-१ ले जित्यो
    images
    images

    काठमाडौँ । अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतवार सम्पन्न एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २७६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    अस्ट्रेलियाले दिएको ४३२ रनको विशाल लक्ष्य पछाएको दक्षिण अफ्रिका २४.५ ओभरमा १५५ रन मात्र बनाएर अल आउट भएको थियो । दक्षिण अफ्रिकाको ब्याटिंग लाइन अप ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर कूपर कोन्नोलीले ५ विकेट लिएका थिए भने जेभियर बार्टलेट र सीन एबोटले २-२ विकेट लिएका थिए । दक्षिण अफ्रिकाका ब्याट्सम्यान डेवाल्ड ब्रेभिसले सर्बाधिक ४९ र टोनी डी जोर्जीले ३३ रन बनाएका थिए ।

    images
    images
    images

    यसअघि अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले ५० ओभरमा २ विकेट गुमाउदै ४२९ रन बनाएको थियो ।

    images
    images
    images

    यस क्रममा अस्ट्रेलियाका तीन खेलाडीले शतक प्रहार गरेका थिए । जसमा ट्राभिस हेडले १४२, क्यामरुन ग्रीनले अविजित ११८ र कप्तान मिचेल मार्शले १०० रन बना थिए । त्यस्तै एलेक्स केरीले अविजित ५० रनको अर्धशतकीय पारी खेलेका थिए ।

    त्यसैगरि दक्षिण अफ्रिकी बलर केशभ महाराज र सेनुरान मुथु स्वामीले एक एक विकेट लिएका थिए ।

    यससँगै एकदिवसीय सिरिज भने दक्षिण अफ्रीकाले २-१ ले जितेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।