Logo

२०८३, आश्विन ९गते


images
images

१६०औं मोती जयन्तीमा सिसासद्वारा स्रष्टा सम्मान

१६०औं मोती जयन्तीमा सिसासद्वारा स्रष्टा सम्मान

images
  • १६०औं मोती जयन्तीमा सिसासद्वारा स्रष्टा सम्मान
    images
    images

    भैरहवा । सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवाले १६० औं मोती जयन्ती तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सिसासका अध्यक्ष सरु ज्ञवालीको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य प्राज्ञ बूँद रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मोतीराम भट्टको योगदान स्मरण गर्दै साहित्यिक स्रष्टाहरूलाई सम्मान गरिएको हो ।

    images
    images
    images

    प्राज्ञ रानाले मोतीराम भट्टलाई नेपाली साहित्यका प्रथम महाकविका मार्गप्रशस्तकर्ता भन्दै उनको स्मरणले साहित्यको गहिरो मर्म बुझ्न प्रेरणा दिएको बताए । उनले सम्मानित स्रष्टाहरूको योगदानलाई गर्वका साथ स्वीकार गर्नुपर्नेमा जोड दिए । अध्यक्ष ज्ञवालीले मोतीराम भट्टको योगदानलाई निरन्तर स्मरण गर्दै स्रष्टा सम्मान कार्यक्रमले सिर्जनशीलतालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन् ।

    images
    images
    images

    कार्यक्रममा तिलोत्तमाका डी.आर. न्यौपाने ‘सूर्य’ र सिद्धार्थनगरकी मञ्जु सिग्देललाई सम्मान गरिएको थियो । सल्लाहकार सुरज घिमिरे ‘दीपशिखा’ले मोतीराम भट्टको व्यक्तित्व र कृतित्वबारे प्रस्तुति दिए भने नारायणप्रसाद भण्डारीले सम्मानित स्रष्टाहरूको परिचय प्रस्तुत गरे ।

    images
    images
    images

    सिसासका उपाध्यक्ष विष्णुप्रसाद गजुरेलको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव रामराज गौतमले सञ्चालन गरेका थिए । कार्यक्रममा आख्यानकार वनमाली निराकार, कथाकार विजय सागर, छन्दकवि रूद्र ज्ञवाली, गजलकार रमेश समर्थन, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, डा. दामोदर ढकाल, सल्लाहकार सुरज घिमिरे, नारायणप्रसाद भण्डारीलगायत ३६ भन्दा बढी साहित्यकारहरूको उपस्थिति थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।