Logo

२०८३, आश्विन ९गते


images
images

नेपाल–भारत मैत्री केन्द्रद्वारा लुम्बिनीका १ सय १ जना छात्रालाई साइकल वितरण

नेपाल–भारत मैत्री केन्द्रद्वारा लुम्बिनीका १ सय १ जना छात्रालाई साइकल वितरण

images
  • नेपाल–भारत मैत्री केन्द्रद्वारा लुम्बिनीका १ सय १ जना छात्रालाई साइकल वितरण
    images
    images

    भैरहवा । नेपाल-भारत मैत्री केन्द्र केन्द्रीय समिति, रुपन्देहीले लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट एसईई उत्तीर्ण १ सय १ छात्रालाई साईकल वितरण गरेको छ । भारतको स्वतन्त्रता दिवसको अवसर पारेर शनिवार लुम्बिनीमा एसईई उत्तीर्ण छात्राहरुलाई साइकल वितरण गरिएको हो ।

    images
    images
    images

    मैत्री केन्द्रका अध्यक्ष सिद्धार्थ अग्रवालले छात्रा विद्यार्थीलाई प्रोत्सहन गर्न साइकल उपलब्ध गराइएको जानकारी दिए । ‘सरकारी विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रोत्साहन र उच्च शिक्षा अध्ययनका लागि विद्यालयसम्म पुग्न सहज होस् भनेर साइकल उपहार दिएका हौं’, अग्रवालले भने ।

    images
    images
    images

    उनले आगामी दिनमा पनि मैत्री केन्द्रले यस्ता सामाजिक कामलाई निरन्तरता दिने जनाए । नगरपालिकाका अनुसार २०८१ को एसईई परिक्षामा पालिकाबाट १ सय ९४ जना छात्राले एसईई उत्तीर्ण गरेका थिए । तीमध्ये आवश्यकता पहिचान गरेर १ सय १ जनालाई साइकल वितरण गरिएको अध्यक्ष अग्रवालले बताए ।

    images
    images
    images

    लुम्बिनीमा आयोजित छात्रा विद्यार्थीलाई साइकल वितरण समारोहमा बोल्दै पूर्व अर्थ राज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले सरकारी विद्यालयका छात्रा विद्यार्थीहरुलाई प्रोत्साहन हुनेगरी मैत्री केन्द्रले साइकल वितरण गरेर ऊर्जा प्रदान गरेको जनाए । उनले साइकल वितरणले नेपाल-भारतको मैत्री सम्बन्धलाई ताजा तुल्याएको जनाए ।

    सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले साइकल वितरण गरेर मैत्री केन्द्रले छोरीहरुलाई पढ्न प्रेरित गरेको बताए । साइकल वितरण सानो मायाको चिनो जस्तो भए पनि यसले नेपाल-भारतबीचको सम्बन्ध सुधारमा भूमिका खेल्ने उनले जनाए । 

    सिद्वार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले अभिभावकको दायित्व छोरीको पखेटा काट्ने नभई उनीहरूका लागि गोरेटो कोर्ने भएकाले सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरिन् । शिक्षा नै छोरीहरुका लागि लक्ष्य प्राप्तिका गर्ने हतियार भएकाले पढाइमा केन्द्रित हुन उनको आग्रह छ । 

    लुम्बिनी सांस्कृतिक नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीले उत्कृष्ट नतिजासहित उत्तीर्ण छात्राका लागि साइकल वितरण गरिएकोमा केन्द्रलाई धन्यवाद दिइन् । उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई पालिकाले पनि पुरस्कार र प्रोत्साहनका कार्यक्रम गरिरहेका जनाउँदै आउँदा दिन पालिकासँग हातेमालो गर्न केन्द्रलाई आग्रह गरिन् । 

    कार्यक्रममा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, नेपाल–भारत भूतपूर्व गोर्खा सैनिक परिवारका अध्यक्ष रेशम केसी, मैत्री केन्द्रका उपाध्यक्ष उमापति न्यौपाने, मैत्री केन्द्रका सचिव प्रशान्तविक्रम मल्ल लगाएतले छात्राहरुको शिक्षालाई यस्ता सहयोगले थप प्रेरित गर्ने जनाए । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # साइकल वितरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।